तेकवान्दोको राष्ट्रिय रेफ्री तालिम चितवनमा


भरतपुर,१३ असोज ।राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजनामा चितवनमा पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सुरु गरिएको छ । चितवन, नवलपरासी, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको राष्ट्रिय रेफ्री तालिममा ७० जना सहभागी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेकवान्दो खेल सम्बन्धी परिवर्तन भएका नीति नियमबारे जानकारी गराउनका लागि चितवनमा रेफ्री तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रदेश ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले राज्यले खेलकुदको क्षेत्रमा आवश्यक लगानी नगर्दा खेलाडीहरुले अन्तर्राष्ट्रि स्तरमा आफ्नो क्षमता देखाउन नसकेका बताए ।

असोज १४ गतेसम्म भरतपुरको कबर्ड हलमा हुने रेफ्री तालिममा राष्ट्रिय तेकवान्दो संघ नेपालका उपाध्यक्ष हरि बुढाथोकी र सचिव राकेशकुमार राईले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा सहभागी भएका रेफ्रीहरुले मात्रै तेकवान्दोको स्थानीय, जिल्ला स्तरीय, प्रदेश तथा राष्ट्रिय प्रतियोगिता खेलाउन पाउने राष्ट्रिय तेकवान्दो संघ नेपाल चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट