स्कुले जीवन र साइकल प्रेम (संस्मरण)

२०४१ सालमा राष्ट्रिय प्राथमिक विद्यालय कैलाशनगरबाट कक्षा ६ पढ्न प्रेमबस्ती माध्यमिक विद्यालय जाने लहरमा मिसिएँ म पनि । त्यस लहरले ठुल्दाइ अर्जुन , माहिँला दाइ राम र दिदीलाई कैलाशनगर स्कुलबाट तानिसकेको थियो । म पनि त्यही लहरमा समाहित भएँ , नाम चलेको स्कुल प्रेमबस्ती । प्रेमबस्ती स्कुल पुग्न करिब ५० मिनेट लाग्थ्यो । घरदेखि स्कुलको […]
चिसो बाकसभित्रको तातो बहस

साक्ष्य : एक रङका पर्वतहरूमा सृजन निदाएको छ युग निद्रासँगको कानेखुसीमा छ ऊ छ चरम निद्र्रामा यही स्वप्निल दुनियाँमा मेलापात गर्न गएको प्रिय आत्मजको छ तीव्र प्रतीक्षामा । ( चिसो बाकस , पृ.६८ ) एकदेव रिमाल पचासको दशकदेखि नेपाली कविताका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । उनको पहिलो प्रकाशित कवितासङ्ग्रह चिसो बाकस २०८१ सालमा प्रकाशित काव्य […]
पूर्व जेन्जी (कविता)

कुखुराका चल्लाका झैँ कलकलाउँदा रौँहरू सलबलाउँथे माथिल्लो ओठका गराहरूमा छुस्सछुस्स पहरा दिइरहन्थे दारीले तल्लो ओठ र गालाका लयदार फाँटहरूमा म पनि कुनै बेला हत्केलामा रहरहरू फुलाउने जेन्न्जी थिएँ आकाश ओढेर धर्ती गोड्ने चाह हुन्थ्यो कावा खाँदै व्योमका फाँटहरूमा समृद्धिका भकारीहरू बोलाउने रहरहरूको गुजुल्टो हुन्थ्यो म पनि कुनै बेला पाइतालाका डोबहरूमा रमाउने जेन्जी थिएँ अन्यायी साम्राज्यलाई […]
वातावरण दिवसमा (कविता)

हरियो टिसर्ट हरियै टोपीमा हातमा पञ्जा लगाएर कनीकनी कुचो समाउँदै सेल्फी खिचिरहेको छ यो देशको तन्देरी तालुकवाला अड्डाको फेर समाउँदै ङिच्चङिच्च दाँत देखाएर मालिकत्व स्विकारी रहेछ राष्ट्रसेवक युट्युवरहरु व्यस्त छन् अन्तर्वार्तामा हरियो वन नेपालको धनको नारा उचालिएको छ एकाएक टेलिभिजनका पर्दाहरूमा हरियोकै दृश्यहरू एमएम रेडियोहरूले गाइरहेछन् निरन्तर हरियोकै गीत सडकमा दौडिएका छन् ब्रुमरहरू भगवानहरूका हात […]