दशैँको रौनक बढाउन उज्ज्वल टोलमा तीन ठाउँमा लिङ्गे पिङ

भरतपुर, ३१ असोज । दशैँमा कम्तीमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने जनविश्वास छ । यही मान्यतासँग जोडिएको लिङ्गे पिङ दशैँको रौनक र नेपाली मौलिक संस्कृतिको अभिन्न अङ्ग हो । तर पछिल्लो समय पिङ राख्ने र खेल्ने परम्परा हराउँदै जान थालेपछि यसको संरक्षणका लागि भरतपुर महानगरपालिका–७ स्थित उज्ज्वल टोलमा तीन ठाउँमा लिङ्गे पिङ राखिएका छन् […]

पढ्ने बानी : व्यक्तिको विकासदेखि समाजको रूपान्तरणसम्म

गैंडाकोट, ३१ असोज । पठन संस्कृतिले मानिसको ज्ञान र चेतनाको दायरा फराकिलो बनाउनुका साथै जीवनशैली र सोच्ने तरिकामै परिवर्तन ल्याउने भएकाले विद्यार्थीलाई सानैदेखि नियमित पुस्तक पढ्ने बानी विकास गराउनुपर्नेमा जोड दिइएको छ । विजय एफएम १०१.६ द्वारा सञ्चालित पठन संस्कृति अभियानको २३औँ शृङ्खलामा सहभागी वक्ताहरूले विद्यार्थी, शिक्षक, अभिभावक र समग्र समाजमा पठन संस्कृतिको महत्त्व उजागर […]

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न मन्त्रालयको निर्देशन

काठमाडौं, ३१ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गर्दै आवश्यक व्यवस्थापन मिलाउन आग्रह गरेको हो । […]

लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

काठमाडौं, ३१ असोज । पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । कार्यक्रममा छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत  डोम समुदायकी  १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा […]

बाढीपहिरो प्रभावित परिवारलाई ६ महिनासम्म मासिक १५ हजार राहत

काठमाडौं, ३१ असाेज । श्रीखबर/काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, जापान र जर्मनी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने तथा बुढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयक तर्जुमा […]