कृष्णभीरमा १८ दिनपछि दुईतर्फी यातायात सञ्चालन

भरतपुर, १ असोज । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड पुनर्स्थापना गरी आज बिहान ६ बजेदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका छन् । सडक विभागले नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम सम्पन्न गरेपछि यातायात सञ्चालनमा ल्याइएको हो । भदौ १० र १४ गते आएको बाढी तथा नदी […]

आयुको शास्त्रीय रहस्य 

ज्योतिषशास्त्र वेदाङ्गमध्ये एक प्राचीन एवं विशिष्ट शास्त्र हो । ग्रह, नक्षत्र, राशि तथा कालचक्रको सूक्ष्म अध्ययनद्वारा यसले समयको स्वरूप र मानव जीवनमा देखिने विविध सम्भावनाको विवेचना गर्दछ । जन्मकुण्डली, दशा, गोचर र मुहूर्तका माध्यमबाट जीवनका कर्म, स्वभाव, उतारचढाव तथा घटनाक्रमलाई शास्त्रीय पद्धतिबाट विश्लेषण गर्न सकिन्छ । वैदिक ज्योतिषशास्त्रअनुसार अहोरात्र-शब्दमा पूर्ववर्ण ‘अ’ परवर्ण ‘त्र´ यी दुईवर्णको […]

श्रवण मुकारुङको ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार

चितवन, १ असोज । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो […]