‘चिसो बाकस’ : समयको निर्मम समीक्षा

‘चिसो बाकस’ सुन्दै जिज्ञासा पैदा गर्ने शीर्षक । नेपाली साहित्यको एउटा पठनीय सङ्ग्रह । ‘चिसो बाकस’ (२०८१) कवितासङ्ग्रहका सर्जक एकदेव रिमाल हुन् । नवलपरासी जिल्लालाई आफ्नो कर्मक्षेत्र बनाएर सामाजिक गतिविधिमा संलग्न रिमालको पहिलो कवितासङ्ग्रहको रूपमा ‘चिसो बाकस’ प्रकाशित रहेको छ । गैँडाकोट प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित कवितासङ्ग्रहभित्र जम्मा ५१ ओटा कविताहरू सङ्गृहीत रहेका छन् । आयामका हिसाबले […]
छोरीको जन्मदिनमा मानवीय उपहार : विपन्न छात्राको कक्षा १२ सम्मको शैक्षिक जिम्मेवारी

गैंडाकोट, ६ जेठ । आफ्नी छोरीको पहिलो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गैंडाकोटस्थित आशाही एजुकेसनका सञ्चालक दम्पती अर्जुन पराजुली र विनीता पराजुलीले एकजना विपन्न छात्राको शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन् । गैंडाकोट नगरपालिका–८ स्थित कालिका माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत अति विपन्न परिवारकी छात्रा दीपिका ढुङ्गानाको कक्षा १२ सम्मको शैक्षिक जिम्मेवारी पराजुली दम्पतीले लिएका हुन् […]
कोटिहोम महायज्ञमा स्वामी रमणानन्द गिरीको दर्शन, ५२ हजारभन्दा बढी सहयोग

चितवन, ६ जेठ । महेश सन्यास आश्रम देवघाटधामका पीठाधीश १००८ स्वामी रमणानन्द गिरी महाराजले जारी कोटिहोम महायज्ञको दर्शन गर्दै आर्थिक सहयोग प्रदान गरेका छन् । सोमबार महायज्ञस्थल पुगेका स्वामी रमणानन्द गिरीले महायज्ञलाई नगद ५१ हजार १०० रुपैयाँ सहयोग गरेका हुन् । साथै, आयोजकबाट प्राप्त दक्षिणा रकम समेत महायज्ञलाई नै फिर्ता दान गर्दै उनले कुल ५२ […]
वडाको पहलमा घरवारविहीन दुई परिवारलाई नयाँ आश्रय

भरतपुर, ६ जेठ । भरतपुर महानगरपालिका–१२ ले घरवारविहीन अवस्थामा रहेका दुई परिवारलाई स्थायी आवासको व्यवस्था गरी गृहप्रवेश गराएको छ । वडा कार्यालयको पहलमा वडा नम्बर १२ को कालिका टोलस्थित शब्द चिन्तन संघ परिसरमा निर्माण गरिएका घरमा वडावासीको उल्लेखनीय सहभागितासहित बाजागाजा तथा भजन–कीर्तनका साथ गृहप्रवेश कार्यक्रम सम्पन्न गरिएको हो । वडा अध्यक्ष लेखराज पन्त (हरि) को […]