वर्तमानका कुख्यात भ्रष्ट सम्राटहरूप्रति लक्षित दुई कृतिहरूको टिप्पणी

नेपाली साहित्यिक फाँटमा निबन्धकार तथा लघुकथाकारका रूपमा परिचित रामकृष्ण ढकाल सादा भोजन र उच्च विचारका शालीन व्यक्तित्व हुन् । उनी षड्यन्त्रपूर्ण जुवाको चौकामा सधैं मौलाइरहने राजनीतिक दाउपेचबाट टाढा रहन रुचाउने साहित्य–साधक हुन् । राजनीति कहिलेकाहीँ अराजक बन्न सक्छ, लिक छोड्न सक्छ, अनुशासन तोड्न सक्छ र परिआएमा निकृष्ट सम्झौतामा समेत हस्ताक्षर गर्न सक्छ । तर नीति, […]

होली भिजन पब्लिक स्कुलमा `म पनि पढ्छु´ कार्यक्रम

भरतपुर, २३ कात्तिक । विद्यार्थीका अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को बाह्रौँ शृङ्खला होली भिजन पब्लिक स्कुल भरतपुर – ४ यज्ञपुरी, चितवनमा गरिएको छ । कार्यक्रममा १७ जना विद्यार्थीले पठन अनुभव राखे । कार्यक्रमलाई विद्यार्थीहरू एञ्जिला घिमिरे र कविता पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी थिए […]

जेनजी सरकार र आवश्यकताको विधिशास्त्र

कानुनी विधिशास्त्रमा विभिन्न सिद्धान्तहरूको अध्ययन पश्चात् अन्तिममा अपवादको रूपमा आउँछ आबश्यकताको सिद्धान्त । अन्य विकल्पको अवस्था रहेको छैन र उच्चतम हितकोलागि सोही कार्य गर्नु अनिबार्य सरह थियो भन्ने अवस्थामा मात्रै उक्त सिद्धान्त प्रयुक्त हुन सक्दछ । सीमित तरिकामा अपनाइएको असंवैधानिक वा कानुनबाहिरको कदम समाजको स्थायित्व, अधिकार र सुरक्षाको रक्षा गर्न नै हो भने, त्यसलाई अस्थायी […]

वसन्त पराजुलीको उपन्यास ‘बखान’ माथि विमर्श

चितवन, २३ कात्तिक । चितवनको इतिहास समेटिएको पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ माथि विमर्श कार्यक्रम गरिएको छ । चित्तौन कचहरी र डबली बुक क्याफेको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमका वक्ताहरूले उपन्यासले चितवनको इतिहास उधिन्न सफल भएको धारणा राखेका छन् । इतिहासविद् प्रा. डा. ईश्वरीराज लौडारीले प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालीन आर्थिक, […]

बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मकवानपुर, २३ कात्तिक । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ मास्टर चोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३-००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका-८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जानकारी दिएको छ । बसको ठक्करबाट गम्भीर घाइते […]

सांस्कृतिक अनुसन्धान र सिलायात्राको सन्दर्भ

सामाजिक धरातल , सांस्कृतिक पर्यावरण र राजनीतिक सत्ससङ्गका असरले आलोडित हुँदा साहित्यकारले आफ्नो बौद्धिक क्षमता, अध्ययन, ज्ञान, अनुभव, अनुभूति अभिरुचि, समय, साधन र स्रोतका माध्यमबाट लेख्यविषयको उद्देश्य र त्यसले समाजमा पार्ने सकारात्मक दीर्घ-असरको तह निर्धारणसँगै लेखन-यात्रा तय गर्नको लागि सिलायात्रा आरम्भ गर्दछ । त्यसरी सिलायात्रा गर्न रुचाउने सत्पात्र हुन्- कमल अर्याल । पूर्वप्रकाशित कृतिहरूमा कमल […]

स्याङ्जामा देवकोटा साहित्य उत्सव

भीरकोट, २२, कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको सन्दर्भमा शनिबार स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्त्वपूर्ण अर्थ राख्ने ऐतिहासिक देवकोटा साहित्य उत्सव- २०८२ को आयोजना गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट नगरपालिका- ७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजना तथा भीरकोट नगरपालिका ७ नम्बर वडा कार्यालयको विशेष सहयोगमा शनिबार देवकोटा साहित्य उत्सव गरिएको […]