स्काईवेल इभी एसयुभी चितवनको बजारमा

चितवन, २२ वैशाख । चितवनमा लक्जरी आरामदायी इभी एसयुभी स्काइवेल गाडीको बिक्री शुरु गरिएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १० स्थित रिजालचोकको एचथ्रीआर मोटर्सले आधिकारिक रुपमा स्काइवेल एसयुभीको बिक्री शुभारम्भ गरेको हो । विगत ८ बर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले पहिलो पटक चितवनका लागि आधिकारिक बितरकको रुपमा […]

ब्लड डोनर्स सोसाइटी नेपालका १३ जना अभियन्ता भारतमा सम्मानित

भरतपुर, २२ वैशाख । भारतको सोनभद्र जिल्ला स्थित दुध्दी गाउँ पञ्चायतमा आयोजित अन्तर्राष्ट्रिय वीरवीरङ्गना सम्मान समारोहमा ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता सम्मानित भएका छन् । प्रगति फाउन्डेसनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय समारोहमा नेपाल, श्रीलङ्का, भुटानलगायत देशका रक्त अभियन्ताहरूलाई सम्मान गरिएको थियो । प्रगति फाउन्डेसनको विशेष निमन्त्रणामा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको […]

मानव सेवा आश्रमका २ जना आश्रितको मृत्यु

चितवन, २२ वैशाख । भरतपुरमा रहेकाे मानव सेवा आश्रममा आश्रय लिइरहेका २ जनाकाे मृत्यु भृएकाे छ । भरतपुर महानगरपालिका–३, बेलचोकमा रहेको मानवसेवा आश्रममा आश्रित २ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । उनीहरुकाे आइतबार छुट्टाछुट्टै समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ६० वर्षीया जुना गुरुङ र ६२ वर्षीय […]

भरतपुर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम नहट्ने

चितवन, २२ वैशाख । भरतपुर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा हट्न लागेको अफवाह फैलिरहेका बेला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम नहट्ने बताएका छन् । स्वास्थ्य बिमाका बिरामीको उपचार खर्चवापत भरतपुर अस्पतालले सरकारबाट पाउनु पर्ने रकम (दाबी भुक्तानी) ६० करोड रुपैयाँ पुगेपछि स्वास्थ्य बिमा कार्यक्रम हट्न लागेको भनी केही […]

भरतपुर अस्पतालमा क्याथ ल्याबसहितका सेवाहरु थप

भरतपुर, २२ वैशाख । भरतपुर अस्पतालमा सोमबारदेखि क्याथ ल्याब, जलन उपचार, फर्टिलिटी क्लिनिकसहित आधा दर्जन नयाँ सेवाहरु सुरु भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नयाँ सेवाहरुको शुभारम्भ गरेका हुन् । हृदयघात र मस्तिष्कघात भएका बिरामीको उपचारका लागि क्याथ ल्याब आवश्यक हुन्छ । आगोले पोलिएका बिरामीहरुको उपचारका लागि दुई बेडको आइसियू र पाँच बेडको जनरल वार्डसहितको […]