चितवन, २२ वैशाख ।
चितवनमा लक्जरी आरामदायी इभी एसयुभी स्काइवेल गाडीको बिक्री शुरु गरिएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १० स्थित रिजालचोकको एचथ्रीआर मोटर्सले आधिकारिक रुपमा स्काइवेल एसयुभीको बिक्री शुभारम्भ गरेको हो ।
विगत ८ बर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले पहिलो पटक चितवनका लागि आधिकारिक बितरकको रुपमा एचथ्रीआर मोर्टसबाट बिक्री शुभारम्भ गरेको जानकारी दिएको छ । एचथ्रीआर मोटर्सका अध्यक्ष इञ्जिनियर हरि भण्डारीले नेपालमा इभी गाडीको भविष्य रहेको र इभीमा ग्राहकको आर्कषण बढेकोले चितवनबाट बिक्री शुरु गरिएको जानकारी दिए । ‘नेपाल विद्युतीय सवारीको लागि उपयुक्त ठाउंँ हो, भण्डारीले भने, अब हाम्रो जलश्रोत र विजुलीको उपयोग बढाउन र पेट्रोलियम पदार्थको आयात घटाउन पनि विद्युतीय गाडी प्रयोग गर्न जरुरी छ ।’ स्काइवेल सबैभन्दा बढी रेञ्ज दिने र रियल एसयुभी भएकोले पनि यो कम्पनीको गाडी बिक्री शुरु गरिएको उनको भनाई छ ।
कम्पनीका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले स्काइवेल ग्लोबल ब्राण्ड भएको र नेपालमा पनि अत्यधिक रुचाईएकोले चितवनबाट पहिलोपटक बिक्री शुभारम्भ गरिएको बताए । ‘स्काइवेल रियल लक्जरी एसयुुभी गाडी हो, प्रबन्ध निर्देशक चापागाईंले भने, यसको हाई रेञ्ज, ग्राउण्ड क्लियरेन्स र अफरोड र प्रिमियम स्पेस भएकोले माग र बिक्री पनि राम्रो भएको पायौं ।’ यस शोरुमबाट सेल्स सर्भिस र पार्टस सहितको सुविधा दिइने उनले बताए ।
जी मोटर्स प्रालीका निर्देशक कैलाशबाबु गेलालले स्काईवेलको प्रिमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने अर्थात सिंगल चार्जमा ६२० किमी सम्मको दूरी तय गर्ने र हाई ग्राउण्ड क्लियरेन्स भएको ‘चिनियाँ स्काईवेल एसयुभी इटी ५’ लगायत तीनवटा भेरियण्ट गाडीको चितवनबाट पनि बिक्री शुरु गरिएको बताए ।
उक्त ईभी एसयुभीमा १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने प्रबन्ध निर्देशक गेलालको भनाई छ । यस्तै उनले ४१० किलोमिटर रेञ्ज दिने गाडीको मुल्य ७९ लाख ९० हजार, ५२० किमी रेञ्ज भएको गाडीको मुल्य ८९ लाख ९० हजार, ६२० किमी रेञ्ज भएको गाडीको १ करोड १५ लाख मुल्य पर्ने जानकारी दिए । ग्राहकले यो गाडी खरीद गर्दा ब्याट्रीमा ८ बर्ष वारेन्टी र २ लाख किलोमिटरको वारेन्टी पाउनेछन ।
उनका अनुसार नयांँ बर्षको अवसरमा स्काइवेल खरीद गर्ने ग्राहक दम्पत्तीलाई युरोप टुरको व्यवस्था गरिएको छ । यस्तै एकबर्षको सडक कर, बीमा , एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा समेत रहेको उनले बताए ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी पोल्याण्ड, इजरायल्, टर्की र रसिया लगायत ६५ वटा भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । यसैबीच शोरुमले आजनै एकवटा स्काइवेल गाडी बिक्री भईसकेको जानकारी दिएको छ ।





