मानव सेवा आश्रमका २ जना आश्रितको मृत्यु

चितवन, २२ वैशाख ।

भरतपुरमा रहेकाे मानव सेवा आश्रममा आश्रय लिइरहेका २ जनाकाे मृत्यु भृएकाे छ ।

भरतपुर महानगरपालिका–३, बेलचोकमा रहेको मानवसेवा आश्रममा आश्रित २ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । उनीहरुकाे आइतबार छुट्टाछुट्टै समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ६० वर्षीया जुना गुरुङ र ६२ वर्षीय पुरुष रहेको छ । गुरुङकाे आइतबार बिहान आश्रममा नै मृत्यु भएको हाे भने नाम थर नखुलेको पुरुषको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट