ब्लड डोनर्स सोसाइटी नेपालका १३ जना अभियन्ता भारतमा सम्मानित

भरतपुर, २२ वैशाख ।
भारतको सोनभद्र जिल्ला स्थित दुध्दी गाउँ पञ्चायतमा आयोजित अन्तर्राष्ट्रिय वीरवीरङ्गना सम्मान समारोहमा ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता सम्मानित भएका छन् । प्रगति फाउन्डेसनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय समारोहमा नेपाल, श्रीलङ्का, भुटानलगायत देशका रक्त अभियन्ताहरूलाई सम्मान गरिएको थियो ।

प्रगति फाउन्डेसनको विशेष निमन्त्रणामा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा पुगेको उक्त टोलीमा वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपाने, महासचिव अन्जन दवाडी, सचिव अन्जान तिवारी, केन्द्रीय सल्लाहकार द्वय भागीरथ बस्याल, बालचन्द्र पोख्रेल, केन्द्रीय सदस्य सुरेन्द्र धिताल, चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, सचिव विपिन पाठक, उपाध्यक्ष अभिषेक अधिकारी, रत्ननगर कमिटी अध्यक्ष रमेश नेपाल, आजीवन सदस्य जनक खड्का र सीता न्यौपाने सम्मानित हुनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा भारतका विधानसभा सदस्य भुपेश चौधरी रहनुभएको थियो । भारतका विभिन्न प्रदेशहरूमा रगतको क्षेत्रमा काम गरेका अग्रज रक्त अभियान्ताहरूको उल्लेख्य उपस्थिति रहेको उक्त समारोहमा प्रभातफेरी सहित बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । सम्मानको कार्यक्रमले रगतको क्षेत्रमा काम गर्ने थप ऊर्जा र जोश थपिएको सम्मानित व्यक्तित्व सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताउनु भयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट