द्वारिका नेपाल गजल स्मृति पुरस्कार अर्याललाई

भरतपुर, ६ असोज । गजल मञ्च चितवनले `द्वारिका नेपाल गजल स्मृति पुरस्कार- २०८०´ गजलकार कमल अर्याल धादिङेलाई प्रदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको मञ्चको बैठकले रत्ननगर निवासी अर्याललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी असोज २७ गते एक कार्यक्रमबीच अर्याललाई पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिए । […]

प्लास्टिक व्यवसायीद्वारा मानवसेवा आश्रममा खाना सहयोग

भरतपुर , ६ असोज प्लास्टिक व्यवसायी संघ चितवनले आफ्नो २१औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेको छ । संघले शनिबार भरतपुर- ३ बेलचोकमा रहेको मानवसेवा आश्रममा रहेका करिव १२० जनालाई एक छाक खाना खुवाएको हो । संघका पदाधिकारी आश्रम पुगेर खाना खुवाएको संघका सचिव रामकृष्ण दवाडीले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि पिया प्लाष्टिक […]

कवि क्षेत्रीको `को हो त्यो मान्छे ?´ गृह विमोचन

गैंडाकोट, ६ असोज । कवि एलबी क्षेत्रीको कवितासङ्ग्रह `को हो त्यो मान्छे ?´ को गृह विमोचन गरिएको छ । द नारायणी रिसोर्ट गैंडाकोटमा शनिबार गरिएको कार्यक्रममा कवि गोविन्दराज विनोदी, अरुण शर्मा, भूपिन, महेश पौड्याल र कवि क्षेत्रीले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् । विमोचनपछि कृतिमाथि भूपिन र महेश पौड्यालले समीक्षात्मक टिप्पणी गरेका थिए । समीक्षकद्वयले […]

‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ असोज २५ गते हुने

भरतपुर, ६ असोज । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ असोज २५ गते हुने भएको छ । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा बिहान ११ बजेदेखि हुने कार्यक्रममा देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकार सहित स्थानीयस्तरमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मानित गरिने जनाइएको छ […]

चितवनका टुहुरा गैंडालाई कोशी टप्पु पठाइने

भरतपुर, ६ असोज । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । असोज १० गते उक्त दुई गैँडालाई कोशी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेशप्रसाद तिवारीले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैंडा कोशी टप्पु […]

किसान बचतका सबै शाखामा विस्तारित मञ्च बैठक, उत्कृष्ट सदस्यहरूलाई सम्मान

भरतपुर, ६ असोज । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २८ औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार सबै शाखा कार्यालयमा विस्तारित मञ्च कार्यक्रम आयोजना गरेको छ । विस्तारित मञ्च कार्यक्रममा ७९/८० को वार्षिक प्रगति प्रतिवेदन तथा ८०/८१ को प्रस्तावित नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, प्रस्तावित लक्ष्य तथा बजेट, लेखापरीक्षण प्रतिवेदन, आन्तरिक नीति तथा कार्यविधिलगायत छलफल […]

चितवन काँग्रेस र कैलाशको ‘राजव्यूह’

किताबको पहिलो पाठमै विनोदबाबु रिजालले सोधेका छन्, कैलाश कोइरालालाई तपाइँले कसरी चिन्नुहुन्छ ? कुरा यहीँबाटै सुरु गरौं । खासमा यहाँ चर्चा गर्न गइरहेको भने कैलाश कोइरालाको उपन्यास ‘राजव्यूह’माथि हो । तर पहिला लागौं विनोदबाबुले सोधेको प्रश्न तर्फ नै । त्यो ५५ साल तिरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुनु पर्दछ । मैले कैलाशलाई ख्याल गरेको […]

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा

काठमाडौं, ६ असोज । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा थालेका छन् । अमेरिकाबाट सिधै चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको […]