यसरी भयो गठबन्धनबीच ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डा

काठमाडौँ, ७ वैशाख । सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ । पाँच दलीय गठबन्धनले चार दिन लामो छलफलपछि १७ स्थानको भागवण्डा मिलाएर सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कांग्रेसको भागमा ३ महानगर र ७ वटा उपमहानगरपालिका परेको छ । कांग्रेसको भागमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख […]

भारतीय ट्रकको ठक्करले साइकलमा सवार बालकको मृत्यु

रत्ननगर, ७ वैशाख । रत्ननगरको भानुचोकमा भारतीय ट्रकले साइकललाई ठक्कर दिँदा १ जना बालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको BR06GD8672 नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई बुधबार दिउँसो तीन बजे ठक्कर दिँदा साईकल चालक बारा जिल्ला जीतपुर सिमरा-६ घर भई हाल रत्ननगर- […]

मुक्त कमैयाको गुनासो : ‘सधैँ भोट बैंक मात्रै बनाए’

महेन्द्रनगर, ७ वैशाख । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा मुक्त कमैया, मुक्तहलिया तथा सार्वजनिक जग्गामा टहरा बनाएर जीविका चलाउँदै आएका अन्य क्षेत्रको भन्दा बढी छन् । दुई दर्जनभन्दा बढी शिविर रहेको निर्वाचन क्षेत्रमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छन् । हलिया र कमैयाबाट मुक्त भएपछि पनि फेरि ज्याला मजदुरी र अरुको काम गरेर जीविका […]

कविडाँडाको २०औँ वार्षिकोत्सवका विभिन्न पुरस्कार र सम्मान सार्वजनिक

भरतपुर, ७ वैशाख । कविडाँडा साहित्य समाजको २०औँ वार्षिकोत्सव समारोह, सम्मान तथा पुरस्कार वितरण-२०७९ का कार्यक्रमहरू सार्वजनिक भएका छन् । वैशाख ३ गते बसेको समाजको कार्यसमिति बैठकले संस्थाको २०औँ वार्षिकोत्सव समारोह २०७९ जेठ १४ गते चितवनमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त समारोहमा कविडाँडा साहित्य समाजद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारहरू पनि […]

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउने

काठमाडौँ, ७ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउनुहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ भोलि (वैशाख ८ गते) अपराह्न १२ः२५ बजे नेपाल आउनुहुनेछ । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार […]

अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्लामा विजय दिवस मनाइयो

रुपन्देही, ७ वैशाख । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो । विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो । विजय […]

भरतपुरलाई संसारकै सुन्दर शहर बनाउनेछु : विजय सुवेदी

भरतपुर, ७ वैशाख । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका नेता विजय सुवेदीले आफू मेयरमा निर्वाचित भएको पाँच वर्षभित्र भरतपुरलाई संसारकै सुन्दर शहर बनाउने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको ‘भरतपुरको विकास र समृद्धिः नागरिकको अपेक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सुवेदीले व्यवस्थित गुरुयोजना बनाएर संसारकै सुन्दर शहर बनाइने […]

श्रीलङ्कामा कफ्र्यु आदेश जारी

कोलम्बो, ७ बैशाख । श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्र्यु लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कफ्र्यु लागाउनु परेको जनाएको छ ।घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने […]

‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम बजेटमा थप्दैनौँ: मन्त्री झाँक्री

काठमाडौँ, ७ वैशाख । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू–टावर र सभाहल निर्माणका लागि […]

पोखराको मेयर नेकपा एसलाई दिएपछि कांग्रेस कास्कीको कार्यालयमा ताला

पोखरा, ७ वैशाख । पोखरा महानगरपालिकाको मेयर गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीलाई दिएपछि नेपाली कांग्रेस कास्कीमा तालाबन्दी गरिएको छ । केन्द्रीय गठबन्धनले समाजवादीलाई मेयर दिने निर्णय गरेपछि रुष्ट नेता(कार्यकर्ताले पार्टी कार्यालयमा बुधबार ताला लगाएका हुन् । यो विरोधको नेतृत्व कांग्रेस पोखरा महानगर समितिले गरेको छ । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त […]

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

भरतपुर, ७ वैशाख । आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । सरकारले हिजोबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको थियो । आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अन्तिम दिन हो । सरकारले दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गरेको हो । […]

सत्तारुढ गठबन्धनको बैठक आज फेरि बस्ने

भरतपुर, ७ वैशाख । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो । बैठकमा सहभागी […]