भारतीय ट्रकको ठक्करले साइकलमा सवार बालकको मृत्यु

रत्ननगर, ७ वैशाख ।
रत्ननगरको भानुचोकमा भारतीय ट्रकले साइकललाई ठक्कर दिँदा १ जना बालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको BR06GD8672 नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई बुधबार दिउँसो तीन बजे ठक्कर दिँदा साईकल चालक बारा जिल्ला जीतपुर सिमरा-६ घर भई हाल रत्ननगर- ९ भानुचोक बस्ने शेख एकवालको छोरा वर्ष १६ को राजा भन्ने सौगात अली र साईकलमा पछाडी सवार रत्ननगर- १० बस्ने रामबहादुर परियारको छोरा वर्ष ६ का प्रिन्स परियार घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि भरतपुर ल्याईएकोमा भरतपुर अस्पतालका डाक्टरले परियारलाई मृत घोषणा गरेका हुन् । घाइते सौगात अलिको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

ट्रक चालक वर्ष ३० का भारतीय नागरिक मोनु कश्यपलाई ईलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ भने ठक्कर दिने ट्रक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट