यसरी भयो गठबन्धनबीच ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डा

काठमाडौँ, ७ वैशाख ।
सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ ।

पाँच दलीय गठबन्धनले चार दिन लामो छलफलपछि १७ स्थानको भागवण्डा मिलाएर सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कांग्रेसको भागमा ३ महानगर र ७ वटा उपमहानगरपालिका परेको छ ।
कांग्रेसको भागमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख कांग्रेसले पाउने भएको छ । माओवादी केन्द्रले बाराको जीतपुर सिमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व पाएको छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको पाएका छन् ।

कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर पाउनेछ भने माओवादीले भरतपुर, समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाएको छ । एउटाको नेतृत्व भएको ठाउँमा अर्को दलको उपप्रमुख हुने गरी भागवण्डा मिलाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट