अनिल श्रेष्ठको `टाइगर हिलकी पुनम´को परिचर्चा

काठमाडौं, २३ असोज । कवि एवम् निबन्धकार अनिल श्रेष्ठको निबन्धकृति `टाइगर हिलकी पुनम´को तेस्रो संस्करण प्रकाशित भएको अवसर पारेर परिचर्चा कार्यक्रमको आयोजना गरिएको छ । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशित गरेको हो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवम् स्रष्टाहरूले श्रेष्ठको निबन्धमा पाइने वैचारिक स्पष्टता, काव्यात्मकता, भाषिक मिठास र मनोरम […]

रेडियो त्रिवेणीले गर्‍यो सिर्जनलाई सम्मान

भरतपुर, २३ असोज । रेडियो त्रिवेणी १००.६ मेगाहर्जले शनिवार एक कार्यक्रमको आयोजना गरि रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अविरललाई सम्मान गरेको छ । अविरललाई `मोक्ष´ उपन्यास प्रकाशन गरी चितवनमा साहित्यिक एवम् रेडियो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको रेडियोका कार्यकारी निर्देशक अर्जुन अधिकारीले बताए । त्यस्तै चितवनका वरिष्ठ प्राविधिक एवम् रेडियोका पूर्वप्रोडक्शन मेनेनर विजय […]

पत्रकार आचार्यको ‘ब्लु डायरी’ माथि प्रश्नैप्रश्न

भरतपुर, २३ असोज । पत्रकार तथा लेखक कृष्ण आचार्यको कृति ‘ब्लु डायरी’माथि भरतपुरमा अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार नेपाली लेखक संघ चितवनको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । भरतपुर महानगरपालिका वडा नं ३ स्थित चितवन साहित्य परिषद्को सभाहलमा आयोजित कार्यक्रममा समालोचकद्वय उदय अधिकारी र लक्ष्मी बरालले ब्लु डायरी उपन्यासका बारेमा आफ्ना विचार राखेका […]

गैंडाकोट काँग्रेसको पद हस्तान्तरण

गैंडाकोट, २३ असोज । नेपाली काँग्रेस गैंडाकोट नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ । असोज १२ गते भएको गैंडाकोट नगर समितिको अधिवेशनले बद्री सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । प्रजातान्त्रिक सेनानि संघका केन्द्रीय सदस्य तथा क्षेत्रीय प्रतिनिधि तिलकप्रसाद सापकोटाले तत्कालै स्थानीय तहको निर्वाचन आएकोले […]

नेपाली लेखक संघ मकवानपुरको अध्यक्षमा अनित्य

हेटौंडा, २३ असोज । नेपाली लेखक संघ मकवानपुरको अध्यक्षमा छवि अनित्य चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले अनित्यको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीपज्योति थापा, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा गंगा सापकोटालाई चयन गरिएको हो । कार्यसमिति सदस्यहरुमा बबी थापा, सम्प्रस पौडेल, गणेश दर्पण […]