विश्व रेकर्ड बनाउन जलरङ चित्र कार्यशाला

गैंडाकोट,२५ कात्तिक । मौलाकालिका मन्दिरको फेदीबाट मंगलबार अपरान्ह सिँढी उक्लेको कलाकारहरूको टोली मौलाकाली सामुदायिक वनको सुन्दरतासँग रमाउँदै घाम डुब्नु अगावै मन्दिर परिसरमा पुगे । टोली एकछिन थकान मेट्न सुस्ताए त्यसपछि आफ्नो सिर्जना कर्ममा लागे । अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल च्याप्टरले आयोजना गरेको अविछिन्न १०० घन्टे जलरङ सिर्जना कार्यशाला कार्यक्रममा सहभागी हुन चितवन र नवलपरासीका १० […]

उपाधि रक्षाको होडमा मुम्बईलाई दिल्लीको चुनौती

भरतपुर, कार्तिक २५ । युएईमा जारी तेह्रौँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा आज डिफेण्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुँदैछ । मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल यात्रा तय गरेको हो भने दिल्लीले दोश्रो क्वालिफायरमा […]

पत्रकारलाई मर्यादित बन्न सञ्चार मन्त्री गुरुङ्गको आग्रह

कार्तिक २५, भरतपुर । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले सञ्चारसम्बन्धी कानूनमा आवश्यक सुधार ल्याउँदै त्यसमा मर्यादित पत्रकारितालाई पनि स्थान दिइने बताएका छन् । मंगलबार मिडिया एक्सन नेपालले पत्रकारका लागि सञ्चालन गरेको भ्रामक सूचनाको पहिचान र रोकथामसम्बन्धी अनलाइन क्षमता अभिवृद्धि तालिमको समापन शत्रमा बोल्दै मन्त्री गुरुङ्गले पत्रकारहरू मर्यादित बन्न आवश्यक […]

तिहारलाई सयपत्री माला तयार गर्दै पौडेल दम्पती

भरतपुर, २५ कात्तिक । कालिका नगरपालिका वडा नम्बर २ पदमपुरस्थित बलरामपुरका कृष्णप्रसाद पौडेलले मकै, गहुँ, तोरी लगाउने बारीमा तिहारलाई लक्षित गरेर भदौदेखि सयपत्री लगाए । अहिले सयपत्री फुलेर उनको बारी हराभरा भएको छ । तिहार नजिकिँदै गर्दा फूल खोज्नेहरू उनको घरमै आउँछन्, मोलमोलाइ गर्छन्, अर्डर दिन्छन् र जान्छन् । उनीसँगै छिमेकीहरू पनि उनको फूलखेती देखेर […]

कोभिड संक्रमितको निशुल्क उपचारदेखि किताब आयातको कर हटाउने सरकारको निर्णय

काठमाडौं, २५ कात्तिक । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाका असान्दर्भिक र अलोकप्रिय कर नीतिका कारण आलोचित भएको सरकारले खतिवडाको बहिर्गमनसँगै मन्त्रिपरिषद्‍बाट कर फिर्ता लिइरहेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाह्य मुलुकबाट आयात हुने पुस्तकमा लगाएको भन्सार फिर्ता लिएको हो । खतिवडाले गत आर्थिक वर्षदेखि किताब आयात गर्दा १० प्रतिशत भन्सार लाग्ने प्रबन्ध गरेका थिए […]