धरौटी नलिएरै कोभिडको उपचार गर्न निर्देशन

काठमाडौँ, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल सबैले धरौटी नलिएरै कोभिड–१९ का बिरामीको उपचार गर्न निर्देशन दिएको छ । धरौटी सम्बन्धि सूचना निकाल्ने अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण मागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले प्रेस ब्रिफिङको क्रममा जानकारी दिए । तर, सक्नेसँग शुल्क लिने, नसक्नेलाई निःशुल्क उपचार गर्ने पूर्ववत निर्णय […]
आइपिएलको तेह्रौँ सीजनबाट पञ्जाब पनि बाहिरियो

भरतपुर, १६ कार्तिक । किंग्स इलवेन पञ्जाब युएईमा जारी इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने पञ्जाब दोश्रो टोली बनेको हो । चेन्नई भने अन्तिम खेल खेल्नु अगाडि नै बाहिरिसकेको थियो । अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पञ्जाबले […]
शिक्षण संस्थाहरुमा पठनपाठन संचालन नगर्न गैंडाकोट नगरपालिकाको आग्रह

गैंडाकोट, १६ कात्तिक । गैंडाकोट नगरपालिकाले नगरक्षेत्रका सबै शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै शिक्षण संस्थाहरुमा प्रत्यक्षरुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाउने निर्णय गरेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा तीब्ररुपमा फैलिइरहेकोले […]
गैंडाकाे आक्रमणले मुखियाकाे मृत्यु

देवचुली, १६ कात्तिक । देवचुली नगरपालिका वडा नम्बर १७ कुलेनी निवासि ६५ वर्षीय जंगिलाल मुखियाकाे गैंडाकाे आक्रमणमा परि मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जवाट आएकाे गैंडाले आइतबार विहान करिब ५:४० वजे मुखियालाई आक्रमण गरेको थियो । खेतमा जाने क्रममा गैंडाको आक्रमणमा परेका उनलाई छिमेकिहरुके उद्दार गरेका थिए । घाईते मुखियालाई भरतपुरस्थित चितवन मेडिकल कलेज […]
आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै सिन्ती झरना

चितवन १६, कार्तिक । चितवनको कालिका नगरपालिका वडा नं ९ र १० को सीमानामा पर्ने सिन्ती झरना आन्तरिक पर्यटकको लागि प्रमुख गन्तव्य बन्न थालेको छ । मौसम चिसो हुँदै गएपनि यहाँ आन्तरिक पर्यटकको चाप भने बढ्दै गएको छ । पूर्व पश्चिम राजमार्गको टाँडी बजारबाट १८ किलोमिटरको दूरीमा शक्तिखोरको दोगरा पुग्न सकिन्छ । दोगराबाट साढे दुई […]
हैदराबादको जादुई प्रदर्शनमा बेंगलोर पराजित

भरतपुर, १६ कार्तिक । इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै प्ले अफ खेल्ने सम्भावनालाई जीवित राखेको हो । खेलमा बेंगलोरले प्रस्तुत गरेको १२१ रनको लक्ष्यलाई हैदरबादले खेल सकिन ३५ बल बाँकी छँदै भेट्टाएको थियो । हैदराबादका लागि ऋद्धिमान् […]
सौराहामा आन्तरिक पर्यटकको चहलपहल

सौराहा, १६ कात्तिक । कोभिड १९ भाइरसको महामारीका कारण लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् […]
उपन्यासकार चौधरीलाई पितृशोक

भरतपुर, १६ कात्तिक । उपन्यासकार एवम् थारु पत्रकार संघ चितवनका उपाध्यक्ष संचारकर्मी मनाेज चाैधरीलाई पितृशोक परेको छ । `टुकी´ उपन्यासका लेखक चौधरीका बुबा शिखाराम महताेको ६७ वर्षकाे उमेरमा आइतबार विहान आफ्नै निवास भरतपुर- २५ शुक्रनगरमा निधन भएको हो । स्वर्गीय चौधरी लामाे समयदेखि रक्तक्यान्सर, सिभर एनिमियाकाे विरामी थिए । चौधरीको आज नै देवघाटमा अन्तिम संस्कार […]