हत्या गरेर झाडीमा लुकाउने घटनामा संलग्न चार जना अदालत पेश

भरतपुर, १२ साउन भरतपुरको मैयाँदेवी क्याम्पस अगाडिको चौरमा मृत अवस्थामा भेटिएका राजकुमार गुरुङको हत्यामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरेको छ । भरतपुर–१४ शिवनगरका गुरुङको शव असार २३ गते झाडीमा बोरामा बाँधिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न तनहुँको भानु नगरपालिका वडा नम्बर ४ सालबिस्ने घर भई हाल भरतपुर महानगरपालिका वडा […]

स्वस्तिकाको स्वरमा कसले भन्यो तिमीलाई सार्वजनिक

नेपाल आइडलको दोश्रो र तेश्रो संस्करणमा आफ्ना प्रस्तुति दिएर कयौं प्रशंसक बटुलेकी हेटौंडाकी स्वस्तिका ढकालको स्वरमा कसले भन्यो तिमीलाई बोलको गीत सार्वजनिक भएको छ । अमृता नेपालको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको उक्त गीत सोमबार साँझ दि डिभाइन म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियो दि क्लिकर्सले निर्माण गरेको हो भने […]

कुरुप मुग्लिङ–नारायणगढ र पृथ्वी राजमार्ग

भरतपुर/गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडकखण्ड कुरुप देखिएको छ । हरेक ठाउँमा आएको पहिरो, बाटो माथिबाट बगेको लेदो र सडक भासिएका कारण यो सडकखण्ड क्षतविक्षत देखिन्छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार […]

परीक्षालाई लिएर विद्यार्थीहरूको आपत्ति

file photo

शिव गौतम भरतपुर, ११ साउन नेपाल सरकारले भदौ १ गतेदेखि विद्यालय तथा क्याम्पसहरूमा विद्यार्थी भर्ना कार्यक्रम सुचारु गर्न सकिने भनी मार्गप्रशस्त गरेपछि स्थगित गरिएका परीक्षालाई सञ्चालनको अनुमति मिलेको छ । सरकारको यसै निर्णयलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्ड, विभिन्न विश्वविद्यालय तथा अध्ययन संस्थानले रोकिएका परीक्षा सञ्चालन गर्ने तरखर गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा […]

राजकुमारकी श्रीमतीको वेदना : ‘साहारा लुटियो, कसरी बाँच्नु ?’

ध्रुवराज खनाल रत्ननगर, ११ साउन जेठी छोरी गुमाएको पीडा सेलाउन नपाउँदै रिपुमाया चेपाङमाथि अर्को बज्रपात आइलाग्यो । निमोनियाका कारण जेठी छोरी गुमाएको झण्डै २ वर्षको अन्तरमा जीवनको साहारा नै लुटियो उनको । ६ वर्षअघि चितवन राप्ती–२ सुर्यमुखी टोलका राजकुमार चेपाङसँग रिपुको विवाह भएको थियो । पहिलो सन्तान ३ महिनामै नियोनियाका कारण गुमाउनुप¥यो । दोस्रो सन्तानका […]

राजमार्गमै निष्फिक्री ‘सिकारु’ सवारी

विप्लव काफ्ले भरतपुर/सवारीचालक अनुमति पत्र (लाइसेन्स) बिना कुनै पनि सवारी सडकमा कुदाउन पाइँदैन । गाडी चलाउन सिकाउनेहरुले छुट्टै सुरक्षित स्थानमा लगेर सिकाउनुपर्छ । तर, कतिपय अवस्थामा ‘सिकारु चालक’ले मूल सडकमै गाडी हाँकिरहेको भेटिन्छ । सडकमा ‘सिकारु, सावधान’ लेखिएका गाडी बेलाबखत देखिने गरेको सबैलाई थाहा छँदैछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यस्ता सवारीसाधन कारबाहीलाई निरन्तरता […]