पहिरोले बेँसीशहर-चामे सडक अवरुद्ध

लमजुङ, ६ असार लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय […]

कोरोना अपडेट : नयाँ संक्रमित ३३१, कुल संक्रमित ८ हजार ६०५

भरतपुर, ६ असार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा गरेर कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ । मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमकाअनुसार अहिलेसम्म कोरोना संक्रमण निको भएर १ हजार ५ सय ७८ जना डिस्चार्ज […]

विवाहलाई एक वर्ष पछि सार्दै इटालीका युवा

रोम, ६ असार (रासस/सिन्ह्वा) कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गर्नुभएको छ । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेकोे कपुसिओनीले बताउनुभयो । “हामी विवाह गर्न उत्साहित छौं तर […]

रामनगरमा विद्यालय भवन शिलान्यास

भरतपुर, ६ असार रामनगर माध्यमिक विद्यालयकाे ३ काेठे विद्यालय भवनकाे शनिबार शिलान्यास गरिएकाे छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार बिहान भवनकाे शिलान्यास गरिन् । भूकम्प पुनर्निर्माण प्राधिकरणकाे ५१ लाख ३८ लाख बजेटमा निर्माण गर्न लागिएको भवन शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत कुँवरकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । ३ वटा कक्षाकोठा र […]

प्रधानमन्त्रीले बोल्यो की पोल्यो किन होला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नै नहुने भयो । उहाँले जे बोले पनि त्यसको नकारात्मक टिप्पणी गर्ने होडबाजी नै चल्छ । सकारात्मक सोचका साथ गरिएका कुरालाई समेत नकारात्मक अर्थमा जोडेर टिप्पणी गर्ने ठूलादेखि सानासम्म छन् तर किन ? ट्वीटरमा सांसद गगन थापा लेख्छन्- “कोरोना संकमणको सन्दर्भमा आजको संसदमा नेपालका प्रधानमन्त्रीले राख्नु भएको धारणाले पुन: पुष्टि गरेकोछ […]

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

प्रकाश सिलवाल काठमाडौँ, ६ असार (रासस) माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट […]

भरतपुर–गोलाघाट सडक वैकल्पिक सहायक राजमार्ग

चितवन, ६ असार(रासस) जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै गोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग वनाएको हो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र मर्मतलगायतका काम सडक विभाग अन्तर्गत आउने छ । सडक विभागले बजेट विनियोजन गरी बहुवर्षीय […]

भारतीय व्यापारी भन्छन् युरोप र पश्चिम एसियामा हलेदोको माग ह्वात्तै बढ्यो

मुम्बई, ६ असार विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गैरहेको बेला युरोप र पश्चिम एसियामा हलेदोको माग दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय व्यापारीहरुले यसको माग पछिल्ला दिनमा निकै बढेको बताएका छन् । बेसारमा हुने औषधीय गुणका कारण हलेदोको माग एकाएक बढेको उनीहरुले बताएका छन् । भाइरसको कारण लोकल तरकारी तथा फलफुलमा मानिसको ध्यान ज्यादा गैरहेको […]

भरतपुरमा गरिएको परीक्षणबाट नवलपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, ६ असार नवलपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरका विभिन्न ठाउँका ५ जनामा पुरुषहरुमा संक्रमण देखिएको हो । भरतपुर अस्पतालका अनुसार मध्यविन्दु नगरपालिका-११ बस्ने २५ र ४५ वर्षका पुरुष, देवचुली-१ बस्ने २९ वर्षका पुरुष, देलचुली ७ बस्ने २१ वर्षका पुरुष र विनयत्रिवेणी-२ बस्ने २१ वर्षका […]