भरतपुरमा गरिएको परीक्षणबाट नवलपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, ६ असार

नवलपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरका विभिन्न ठाउँका ५ जनामा पुरुषहरुमा संक्रमण देखिएको हो ।

भरतपुर अस्पतालका अनुसार मध्यविन्दु नगरपालिका-११ बस्ने २५ र ४५ वर्षका पुरुष, देवचुली-१ बस्ने २९ वर्षका पुरुष, देलचुली ७ बस्ने २१ वर्षका पुरुष र विनयत्रिवेणी-२ बस्ने २१ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हिजो शुक्रबार जाँच गरिएका १ सय ५१ नमूना मध्ये १ सय ४६ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट