भरतपुर, ६ असार
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा गरेर कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमकाअनुसार अहिलेसम्म कोरोना संक्रमण निको भएर १ हजार ५ सय ७८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १८ मlहला र १ सय ५८ जना पुरुषगरी १ सय ७६ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण भएका २२ जनाको अहिलेसम्म मृत्यु भएको छ ।





