भारतीय व्यापारी भन्छन् युरोप र पश्चिम एसियामा हलेदोको माग ह्वात्तै बढ्यो

मुम्बई, ६ असार
विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गैरहेको बेला युरोप र पश्चिम एसियामा हलेदोको माग दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय व्यापारीहरुले यसको माग पछिल्ला दिनमा निकै बढेको बताएका छन् ।

बेसारमा हुने औषधीय गुणका कारण हलेदोको माग एकाएक बढेको उनीहरुले बताएका छन् ।

भाइरसको कारण लोकल तरकारी तथा फलफुलमा मानिसको ध्यान ज्यादा गैरहेको भएपनि निरन्तर घटिरहेको मूल्यका कारण पोल्ट्री व्यवसायीहरु भने मर्कामा परेका छन् ।

भारतमा बेसार तातो दुधमा मिसाएर खाने गरिन्छ र यसले स्वास प्रस्वास प्रणालीलाइ स्वस्थ राख्ने विश्वास गरिन्छ ।

“तरकारी तथा फलफुलको निर्यातमा १५ प्रतिशतले वृद्धि भएको छ भने हलेतोको निर्यात ३ सय प्रतिशतले बढेको छ “, के.बि. एक्स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत कौशल खाखरले बताए ।

हवाई सेवा सुचारु भैनसकेकाले मौकाको पुरा फाइदा उठाउन नसकिएको निर्यातकर्ताहरु बताउँछन् । विशेषगरी युके र जर्मनीमा हलेदोको माग उच्च रहेको खाखरले बताए ।

मुम्बईका फलफुल तथा तरकारी निर्यातकर्ता राजिव गुप्ताले पनि कोरोना भाइरसको जोखिम उच्च रहेको देशहरुमा हलेदोको माग बढिरहेको पुष्टि गरे ।

“नोभेम्बरबाट जनवरीको समय हलेदो उत्पादन बढी हुने समय हो जतिबेला म प्रतिदिन ३-४ टन मसला निर्यात गर्ने गर्छु । साधारणतय फेब्रुवरी लागेसँगै यसको माग घट्न थाल्छ तर पछिल्लो दश दिनमा हलेदोको निर्यात मागमा अचानक वृद्धि भएको छ.”, गुप्ताले बताए ।

फेब्रुवरीको अन्तिमसम्म प्रतिदिन ३ सय किलो हलेदो निर्यात गर्दै आएका उनी मार्चसम्म आइपुग्दा प्रतिदिन ३ टनको माग भैरहेको बताउँछन् । तर हवाई प्रतिबन्धका कारण कार्गोको लागि एयर स्पेसको उपलब्धता ९० प्रतिशतले ले घटेको उनी बताउँछन् ।

उपभोक्ताहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा जम्मा गरेर राख्न थालेका छन् । मांसाहारी खानेकुरासँग कोरोना भाइरसलाइ जोडेर हेर्न थालिएपछि पोल्ट्री व्यवसायीहरु मर्कामा परेको तर साकाहारी भोजनप्रति उपभोक्ताको प्राथमिकताले फलफुल तथा तरकारीको माग बढीरहेको व्यवसायीहरु बताउँछन् ।

फलफुल तथा तरकारीको माग ५ प्रतिशत बाट बढेर १० प्रतिशतमा पुगेको भारतीय व्यापारीहरु बताउँछन् । “तर आपूर्तिमा कमि नरहेकाले मूल्य वृद्धि भने भएको छैन”, व्यापारी शंकर पिन्गालेले बताए ।

-इकोनोमिक टाइम्सबाट अनुवाद गरिएको

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट