चित्र बनाएर बिताउँदै लकडाउन

भरतपुर, २९ चैत कोठाका भित्तामा उज्यालो रंग लगाइएको छ । सूर्यको प्रकाशले कोठालाई अझैं उज्यालो बनाएको छ । कोठाभित्र रहेका हरेक सामग्रीहरू राम्रोसँग मिलाइएको छ । केही पनि छरपस्ट छैन । कोठामा एउटा टेबुल छ । टेबुलमा विश्वको सुन्दर नक्सा कोरिएको छ । ती उज्याला भित्तामा पनि मनै लोभ्याउने चित्र कोरिएको छ । बाहिर वसन्त […]

साइकल चलाएर आगराबाट नेपाल, क्वारेन्टाइनको बसाइपछि घर

राजेन्द्रप्रसाद पनेरू कञ्चनपुर, २९ चैत(रासस) परिवारको खर्च जुटाउनका लागि चार महिना अघि मात्रै भारतको उत्तरप्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा रानाले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोंचेका थिएनन् । कोरोना भाइरसको संक्रमण बढेपछि भारतका सबै क्षेत्रमा लडकडाउनको असरले काम बन्द भए । विद्यालयका विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने रानाको […]

खैरहनीमा दोश्रो चरणको राहतको तयारी

खैरहनी, २९ चैत लकडाउन प्रभावकारी बनाउने र यसको समय थपिए पुन: राहत दिने विषयमा खैरहनी नगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ । नगर प्रमुख लालमणी चौधरीको आह्वानमा शनिवार विहान सर्वपक्षीय छलफल भएको हो । छलफलमा राजनीतिक दलका प्रमुखहरुले लकडाउन अझ बढी प्रभावकारी बनाउन र पुन: लकडाउनको समय थपिए राहत वितरणमा गुनासो आउन नदिन सुझाव दिए । […]

क्यान्सर अस्पतालका बिरामी र कुरुवालाई तिनाउ बैंकको सहयोग

  भरतपुर, २९ चैत तिनाउ मिसन डेभलपमेण्ट बैंकको चितवनमा रहेका दुईवटा शाखा कार्यालयहरुले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवालाई खाद्यान्न सामग्री वितरण गरेका छन् । भरतपुर(बुद्घचोक) र ज्यामिरे शाखाले भरतपुर महानगरपालिका वडा नम्बर ७ सँगको समन्वयमा राहत वितरण गरेका हुन् । लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएका बेला खानाको समस्यामा परेका […]

अन्तर्वार्ता : भाडामा बस्नेले पनि विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला […]

नागाबाबाको दर्शन गर्न लकडाउनको अवज्ञा

सर्लाही, २९ चैत(रासस) बन्दाबन्दीको उल्लंघन गर्दै हरिपुर नगरपालिका १ हरिहरमाई क्षेत्रमा एक महिनादेखि धार्मिक मेला लागेको छ । गत फागुनको अन्तिम सातादेखि शुरु भएको मेला अहिले पनि जारी छ । मेलामा दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन् । नागाबाबालाई हेर्न र दर्शन गर्न वरिपरि गाउँबाट दैनिक सयौँ भक्तजन आउने गरेको स्थानीयवासी दुखा मण्डलले बताउनुभयो […]

कुहिएको राहत चामल फिर्ता

परासी, २९ चैत नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ । नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले बताउनुभयो । “हामीले […]

सहकारी मिलको होम डेलिभरी सेवाले स्थानीय खुसी : तोरी पेले २ रुपैयाँ, धान कुटे १ रुपैयाँ क्यास व्याक

भरतपुर, २९ चैत धान, मकै, गहुँ, तोरीलगायतका अन्न फलाएर मात्रै भएन, खानका लागि योग्य बनाउन त्यसलाई बोकेर कुटाउन/पिसाउन मिल लैजानुपर्छ । मिल पुगेर घण्टौं लाइन बस्ने, काम सकिएपछि तोकिएको रकम बुझाएर फर्कने त हाम्रो पुरानो चलन हो । तर पश्चिम चितवनका तीन वडाका स्थानीयबासी भने केही समययता यो झण्झटबाट मुक्त भएका छन् । भरतपुर-२४ मा […]

अमेरिकामा एकै दिनमा २ हजार ४३ जनाको मृत्यु, ५ लाख बढी कोरोना संक्रमित

२९ चैत/अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ । […]

नेपाली कांग्रेसको वेबसाइट ह्याक गर्ने चेतावनी

काठमाडौं, २९ चैत नेपाली कांग्रेसको वेबसाइट ह्याक गर्ने चेतावनी आएको छ। ट्विटरमार्फत साइट ह्याक गर्ने चेतावनी आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रभु मनी ट्रान्सफरको डेटा ह्याक गर्ने सूचना सामाजिक सञ्जालमा फैलाउने मार्फत नै कांग्रेसको पनि साइट ह्याक गर्ने जानकारी आएको प्रवक्ता शर्माले बताए। उनले भने, ‘ह्याकरले सार्वजनिक रुपमै लेखेर कांग्रेसको साइट ह्याक गर्ने […]

दूध भन्दा पराल महंगो

नारायण न्यौपाने २९ चैत(रासस) “गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के रु भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।” सिन्धुपाल्चोक जलवीरे स्थायी घर भई यहाँ दूध उत्पादनका लागि व्यावसायिकरूपमा भक्तपुरमा गाई […]

दाना नपाउँदा कुखुरालाई घाँस !

झलनाथ खनाल कैलाली, २९ चैत(रासस) कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै हुनुहुन्थ्यो । सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आउनुभएको छ । चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उहाँकै […]

लकडाउनमा फसेको छोरो लिन स्कुटरमा १४०० किमि यात्रा गर्ने यी आमा…

एजेन्सी–आमा, जसले आफ्नो सन्तानका लागि जस्तोसुकै अप्ठेरो पनि सहन सक्छिन्। जस्तोसुकै पीडा पनि भोग्न तयार हुन्छिन्। भारतकी एक महिलाले आफ्नो छोरालाई लिन स्कुटरमा १४०० किलोमिटर यात्रा तय गरिन्। तेलांगनाकी रजिया बेगम लकडाउनका बेला आन्ध्रप्रदेश पुगिन्। दिनरात स्कुटर चलाइन्। सुनसान जंगलको बाटोमा पनि रोकिइनन्। यसरी यात्रा गर्दा उनको एकमात्र उद्देश्य थियो, छोरो भएको स्थानमा कसरी पुग्ने? […]

सशस्त्र प्रहरीद्वारा भारतसँग सीमा जोडिएको १०१ किमि क्षेत्र शिल

अत्तरिया, २९ चैत सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा मानिस भारतबाट नेपाल भित्रिन […]