क्यान्सर अस्पतालका बिरामी र कुरुवालाई तिनाउ बैंकको सहयोग

 

भरतपुर, २९ चैत
तिनाउ मिसन डेभलपमेण्ट बैंकको चितवनमा रहेका दुईवटा शाखा कार्यालयहरुले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवालाई खाद्यान्न सामग्री वितरण गरेका छन् । भरतपुर(बुद्घचोक) र ज्यामिरे शाखाले भरतपुर महानगरपालिका वडा नम्बर ७ सँगको समन्वयमा राहत वितरण गरेका हुन् ।

लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएका बेला खानाको समस्यामा परेका बिरामीहरुलाई आज खाद्यान्न वितरण गरिएको हो ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड भरतपुर शाखाका शाखा प्रबन्धक दिपचन्द्र रेग्मी तथा ज्यामिरे शाखाका शाखा प्रबन्धक रुद्रलाल भुसालले संयुक्त रुपमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेलाई हस्तान्तरण गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट