नेपाली कांग्रेसको वेबसाइट ह्याक गर्ने चेतावनी

काठमाडौं, २९ चैत
नेपाली कांग्रेसको वेबसाइट ह्याक गर्ने चेतावनी आएको छ। ट्विटरमार्फत साइट ह्याक गर्ने चेतावनी आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रभु मनी ट्रान्सफरको डेटा ह्याक गर्ने सूचना सामाजिक सञ्जालमा फैलाउने मार्फत नै कांग्रेसको पनि साइट ह्याक गर्ने जानकारी आएको प्रवक्ता शर्माले बताए। उनले भने, ‘ह्याकरले सार्वजनिक रुपमै लेखेर कांग्रेसको साइट ह्याक गर्ने चेतावनी दिए।’
शुक्रबार राति ९ बजेपछि ह्याकरले चेतावनी दिएको उनले बताए।

प्रभु मनी ट्रान्सफरको डेटा ह्याक गरिसकेको र कांग्रेसको साइट ह्याक गर्न लागेको ट्विट लेखेर ह्याकरले चेतावनी दिएको उनले बताए।
ह्याकरको चेतावनीपछि साइट डेभलपर मार्फत सुरक्षित हुने विधि अपनाइएको उनले जानकारी दिए।
चेतावनी आएको बताइए पनि साइटमा भने समस्या आएको छैन।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट