संयुक्त महिला भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, चित्त नदुखाउनुहोस्

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनका वामपन्थी महिलाहरुलाई उम्मेदवारको टिकट पाइएन भनेर चित्त नदुखाउन आग्रह गरेका छन् । भरतपुरस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् […]

कुन राशिका प्रेमी प्रेमिकाको स्वभाव कस्तो

भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्रेम निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ । हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । […]

अविनाशलाई देखाउँदै पोखरेलले भने -मिल्यौं दाजुभाई, मिलेर गर्छौ विकास

चितवन , कात्तिक २३ / चितवन क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले बाम गठबन्धनले सकरात्मक सन्देश दिएको बताएका छन् । विहीबार भमनपा ३ का मतदातासँग भेटघाट गर्ने क्रममा नेता पोखरेलले यसै क्षेत्रको प्रदेश क बाट उम्मेदवार बनेका माओवादी नेता घनश्याम दाहाल अविनाशलाई देखाउँदै भने,‘लौ हामी दाजुभाइ मिलेर आयौं अव भोट दिएर जिताउने जिम्मा तपाइहरुको […]

कम्युनिष्ट ईमान्दार हुदैनन् ः श्रेष्ठ

चितवन २३, कात्तिक /प्रदेश सभा सदस्य चितवन क्षेत्र नम्बर २ (क) का उम्मेदवार जितनारायण श्रेष्ठले कम्युनिष्टमा ईमान्दारीता नहुने बताउनु भएको छ । आज कालिका नगरपालिका वडा नम्बर ८ मा आयोजित वडा भेलामो बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । सत्ता मोहका कारण कम्युनिष्ट पार्टीहरु बिग्रिएको बताउँदै उहाँले बामपन्थि शक्ति एक हुनुमा सत्ता मोह रहेको बताउनु […]

निर्वाचन पश्चात चितवनको विकास द्रुत गतिमा-विजय सुवेदी

चितवन,कार्तिक २३/ बाम गठबन्धनवाट चितवन क्षेत्र नम्वर २ (ख) को प्रत्यक्ष तर्फका उम्मेद्वार विजय सुवेदीले निर्वाचन पश्चात चितवनको विकास द्रुत गतिमा हुने वताउनु भएको छ । आज भरतपुर ४ स्थित बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै सुवेदीले संविधनमा सवैको हक अधिकार सुनिश्चित भैसकेकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने वताउनुभयो । सुवेदीले चितवनका हरेक क्षेत्रको विकास […]

पूर्वप्रधानमन्त्री, मन्त्री र सांसदका कारण चितवनको चुनावमा रौनकता

चितवन, २३ कात्तिक (रासस) ः मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र सांसदहरु नै चुनावी प्रतिष्पर्धामा देखिएका कारण चितवन जिल्लाको चुनावी कार्यक्रमहरु सबैको चासो र चर्चाको विषय बनेको छ ।मतदाता मनोज अर्याल पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि बहालवाला मन्त्रीसमेतको सहभागिताले जिल्लाको चुनावी प्रतिष्पर्धा निक्कै चासोको विषय बनेको बताउनुहुन्छ । पूर्वप्रधानमन्त्री […]

कसरी हाल्ने भोट ? (भिडियो)

भरतपुर, २३ कात्तिक । आगामी मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा पनि चलाइरहेको छ । गत निर्वाचनहरुमा ठूलो संख्याम मत बदर भएर निर्वाचन आयोगलाई टाउको दुखेको छ । योपालि मत बदर संख्या घटाउन अनेक उपाय अपनाइरहेको छ । तपाईंलाई पनि बदर […]

“म राजनिती होईन बिकास गर्न आएको हुँ” – बन मन्त्री विक्रम पाण्डे

कार्तिक २३ -आज भरतपुर २३ मा लोकतान्त्रीक गठबन्धनको कार्यलय उद्घाटन गरिएको छ । नेपाली कांग्रेस तथा राप्रपा प्रजातान्त्रीक द्वारा संयुक्तरुपमा आयोजित एक कार्यक्रमकाबीच व्यापक जनसहभागीतामा सम्पन्न कार्यलय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै क्षेत्रनम्बर ३ का साझा उम्मेदवार विक्रम पाण्डेले आफनो उम्मेदवारी राजनिती गर्नका लागि नभई बिकास गर्नको लागि भएको बताउँनुभयो । पाण्डेले जनताको सुखदुखमा […]

निर्वाचन खर्चका लागि २ सय ५० करोड रुपैया माग्न प्रचण्ड भारतीय दुतावासको शरणमा

२३ कात्तिक,काठमाडौं । वाम गठबन्धन बनाउन एमाले र माओवादी केन्द्रलाई जुन शक्तिले दवाव दिएको थियो अहिले त्यो शक्ति ब्याक हुने अवस्थामा पुगेको छ । एमालेका अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र आर्थिक विषयमा देखिएको अपारदर्शिताका कारण त्यो शक्ति हच्किएको टिप्पणी हुन थालेको छ । केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ नेताहरूले वाम गठबन्धन बनाउन […]

चितवनमा महिलाः मतदाता धेरै, उम्मेद्वार थोरै

प्रमिता ढकाल भरतपुर,२३ कात्तिक ।चितवनका महिला मतदातामा ठूलो संख्यामा मत आफ्नो हातमा रहेपनि महिला नेता छान्न पाउने अवसर भने नपाउने देखिएको महिला मतदाताले गुनासो गरेका छन् । यहाँ पुरुषको तुलनामा महिला मतादाता संख्या बढी भएपनि लोकतान्त्रिक र वाम गठबन्धनले प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा महिला उम्मेद्वार बनाउन कन्जुस्याइँ गरेपछि मतदाता महिलाहरु खिन्न छन् । ठूला […]

भरतपुर दोस्रो पर्यटकीय केन्द्रः पोखरेल

भरतपुर,२३ कात्तिक । चितवन निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णभक्त पोखरेलले भरतपुर महानगरलाई नेपालकै दोस्रो पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार बिहान प्रचारप्रचारका क्रममा भरतपुरको क्षेत्रपुरमा गरिएको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । क्षेत्रपुरबासीको निर्वाचन जितेपछि के गर्नुहुन्छ भन्ने जिज्ञासामा जनताको आवश्यकतालाई प्राथमकिताको आधारमा काम गर्दै भन्दै पर्यटकीय […]

चितवनमा चुनावी प्रचारमा मनपरि सवारी

विप्लव काफ्ले/कायाकैरन भरतपुर,२३ कात्तिक । चितवनमा चुनाव प्रसारप्रसारमा मनोमानी सवारीसाधनको दुरुपयोग बढेको छ । निर्वाचन आचारसंहिता–२०७२ विपरीत चुनावी सभा, घरदैलोमा पुग्न अनाधिकृतरुपमा सवारीसाधनको प्रयोग हुने गरेको पाइएको छ । निर्वाचन आयोगले बनाएको आचारसंहितामा निर्धारण गरिएकाभन्दा धेरै संख्यामा सवारीसाधनका लस्कर चुनावी अभियानमा प्रयोग हुने गरेको देखिएको छ । मोटरसाइकल ¥याली पनि उस्तै संख्यामा देख्न सकिन्छ । […]