भरतपुर,२३ कात्तिक ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णभक्त पोखरेलले भरतपुर महानगरलाई नेपालकै दोस्रो पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार बिहान प्रचारप्रचारका क्रममा भरतपुरको क्षेत्रपुरमा गरिएको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । क्षेत्रपुरबासीको निर्वाचन जितेपछि के गर्नुहुन्छ भन्ने जिज्ञासामा जनताको आवश्यकतालाई प्राथमकिताको आधारमा काम गर्दै भन्दै पर्यटकीय दृष्टिले विकास गर्दै लैजाने बताए । उनले नारायणी नदीलाई ¥याफ्टिङको रुपमा विकास गरेर धेरै पर्यटक भित्राउन सकिने गरी योजना ल्याउने बताए ।
भएको प्राकिृतिक स्रोतको उपयोग नभएको भन्दै नदीबाट हामीले धेरै आयआर्जन गर्न सकिने भन्दै पर्यटकको आकर्षणको केन्द्र बनाउनको लागि पनि यहाँको जलयात्रालाई प्राथमिकता दिने बताए । धेरै समयदेखि उठेको विषय भएपनि यसको ठोस तरिकाले काम अगाडि नबढेको भन्दै आउँदा दिनमा यसलाई प्राथमिकता दिने उनले बताए ।
कार्यक्रममा निर्वाचन क्षेत्र २ को प्रदेश सभा सदस्य उम्मेद्वार विजय सुवेदीले मेडिकल सिटीको रुपमा विकास भएको भरतपुरलाई अझ व्यवस्थित पारेर लैजाने बताए । सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनको लागि आफ्नो पहलकदमी हुने जानकारी दिए । पर्यटकीय दृष्टिले आकर्षण बन्दै गएको महानगरलाई अझ धेरै पर्यटक भित्राउन सकिने गरी पूर्वाधार तयार पार्ने बताए ।
संयुक्त वाम गठबन्धनबाट निर्वाचनमा उठेका उम्मेद्वारहरुले भरतपुरको वडा नम्बर २ मा चुनावी घरदैलो कार्यक्रम गरेका छन् । नेकपा एमाले नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेद्वारका रुपमा रहेका नेताहरुलाई जिताउनको लागि दुवै पार्टीका नेता तथा कार्यकर्ताहरु प्रचारमा हिडेका छन् ।





