निर्वाचन पश्चात चितवनको विकास द्रुत गतिमा-विजय सुवेदी

चितवन,कार्तिक २३/ बाम गठबन्धनवाट चितवन क्षेत्र नम्वर २ (ख) को प्रत्यक्ष तर्फका उम्मेद्वार विजय सुवेदीले निर्वाचन पश्चात चितवनको विकास द्रुत गतिमा हुने वताउनु भएको छ । आज भरतपुर ४ स्थित बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै सुवेदीले संविधनमा सवैको हक अधिकार सुनिश्चित भैसकेकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने वताउनुभयो ।

सुवेदीले चितवनका हरेक क्षेत्रको विकास निर्माण गरेर संमृद्ध चितवन निर्माण गर्नुपर्ने वताउनुभयो । नेपालकै नमुना जिल्लाको रुपमा चितवनलाई चिनाउन व्यवस्थित बसोवास र आर्थिक विकासमा जोड दिनुपर्ने उहांको भनाई छ ।

यस्तै आजै भरतपुर १० मा पनि संयुक्त निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको चितवन क्षेत्र नम्वर २ को प्रतिनिधी सभाका उम्मेद्वार कृष्णभत्त पोखरेलले उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटन गर्दै पोखरेलले बाम गठबन्धनमा उम्मेद्वारलाई विजयी गराउन आ–आफ्नो क्षेत्रवाट लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहांले चितवनका सवै क्षेत्र जितेर बाम किल्ला बनाउने दावी गर्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट