२०७४ असार ११ गते आइतबार
२०७४ असार १० गते शनिबार
२०७४ असार ९ गते शुक्रबार
आज सार्बजनिक बिदा

१२ असार । इस्लाम धर्मावलम्बीहरुको ठूलो चाड रमजानको अवसरमा सरकारले सोमवार सार्वजननिक विदा दिने निर्णय गरेको छ । मुश्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मुश्लिम समुदायको पर्व रमजान परेकाले सोमवार सार्वजनिक विदा दिने निर्णय भएको गृह प्रवक्ता दीपक काफ्लेले जानकारी दिए ।
बेपत्ता प्रहरीमध्ये एकको शव भेटियो
चितवन, ११ असार । चितवनको कालिखोलामा शुक्रबार पहिरोसँगै बगेर बेपत्ता भएकामध्ये एक प्रहरीको शव आज फेला परेको छ । घटनास्थलबाट झन्डै ५० किलोमिटर टाढा नवलपरासीको रजहरभन्दा तल नारायणी नदीमा बगाउँदै गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । लगाएको कपडाका आधारमा सो शव प्रहरी जवान लिलवहादुर चेपाङको […]
अपडेट : अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

११ असार । दिउसो ३ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक बेलुकी ७ बजे बाट सुचारु भएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा पहिरो खसेर दिउसो ३ बजेदेखि सडक अवरुद्ध भएको थियोे ।
नेपालमै पहिलो पटक टेस्लाले ल्यायो भिटामिन सी फिल्टर भएको एसी

चितवन,११ असार । नेपाली बजारमा पहिलो पटक भिटामिन सी फिल्टर भएको टेस्ला ब्राण्डको एयरकण्डिसन आएको छ । भुलक्ष्मी ग्रुपले बजारमा ल्याएको टेस्ला ब्राण्डको एयर कण्डिसन ग्राहकको रोजाईमा परेपछि ग्राहकहरुलाई थप आकर्षण गर्न पहिलो पटक भिटामिन सी फिल्टर भएको एसी बजारमा ल्याएको हो । भुलक्ष्मी ग्रुपले एयरकण्डिसनको गुणस्तरमा कुनै सम्झौता नगरेको कारण ग्राहकको रोजाईमा टेस्ला एसी […]
नारायणगढ मुग्लिन सडक पुन अवरुद्ध

११ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा खसेको पहिरोका कारण दिउसो ३ बजेदेखि यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो । ट्राफिक प्रहरीले अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरेको छ ।
नारायणगढ–मुग्लिन सडक रातको समयमा आवागमन रोकिने

चितवन, ११ असार । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन […]
नारायणी नदीमा डुबेर गुरुङ बेपत्ता

चितवन, ११ असार । नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिका– २६ का १८ वर्षीय विशाल गुरुङ आज बिहान बेपत्ता भएका छन् । भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी हुँदा १२० को मृत्यु, १०० घाइते

पाकिस्तान, असार ११ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ । पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो दुखद घटना भएको त्यहाँको अस्पतालले जानकारी दिएको छ । पाकिस्तानी पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा.अरुन्जेबले सो जानकारी दिनुभएको छ । […]
अरबका आठ राजकुमारीलाई १५ महिने जेल सजायँ

बीबीसी ११ असार । बेल्जियमको एक अदालतले संयुक्त अरब इमिरेट्सका आठ राजकुमारीलाई मानव तस्करको दोषी ठहराएको छ । उनीहरुमाथि आफ्ना सहयोगीमाथि अमानवीय व्यवहार गरेको आरोप पछि छ । अदालतले यी राजकुमारीलाई १५ महिनाको सजायँका साथै हरेकलाई १ लाख ८५ हजार डलरको जरिवाना तोकेको छ । आठ जाना राजकुमारी यूएई अध्यक्ष शेख खलिफा बिन जायेदका परिवारको हो […]
प्रधानाध्यापकमाथि गोली प्रहार

धनुषा, ११ असार । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर […]
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारू

११ असार । अवरुद्ध नारायणगढ–मुग्लिन सडक अहिले बिहान ८ बजे देखि दुबै तर्फिरुपमा सुचारु भएको छ । पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् । उहाँले यातायात सहज हुन अझै […]
चितवनको शिक्षा सुधारबारे छलफल

भरतपुर,११ असार । उद्योग वाणिज्य संघ–चितवनले शनिबार संघको सभा हलमा भरतपुर महानगरपालिकाभित्रका शिक्षा सेवा प्रदायक संस्थाहरुको भेला गरेको छ । निजी क्षेत्रले सञ्चालन गरेको माध्यमिक विद्यालय र कलेजका सञ्चालकहरुको सो भेलामा उपस्थिति थियो । भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष राजन गौतमले समग्र जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि संघले निर्धारण गरेको ४ वटा क्षेत्र कृषि, […]
अपाङ्गता भएकालाई राज्यबाटै विभेद

रत्ननगर,११ असार । फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरुले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । अपाङ्गता भएपनि शैक्षिकस्तरमा राम्रै प्रगति गरेका व्यक्तिहरु फाल्तु बस्नुपरेको र भत्तामा समेत विभेद गरिएको उनीहरुले बताएका छन् । खैरहनीमा शनिबार आयोजित ह्वीलचियर वितरण कार्यक्रममा नगर अपाङ्ग इकाई समन्वय समिति खैरहनीका अध्यक्ष गोविन्द थापाले राज्यबाट आफूहरु बेवास्तामा पर्ने गरेको बताए […]
कहाँ हराउँछ त्रिशूलीमा खसेका मान्छे ?

भरतपुर,११ असार। नारायणगढ–मुग्लिङ सडकखण्ड गाडी चलाउन जति असुरक्षित र डरलाग्दो छ, यही सडकको तल बग्ने त्रिशूली नदीपनि उत्तिकै खतरनाक छ । विविध कारणले सडकबाट तल झर्ने गाडी र त्यसमा सवार मान्छे यहीं कतै बिलाउँछन् । तिनीहरु वर्षौंसम्म भेटिदैनन् । कयौं समयदेखि यो नदीमा मान्छे र सवारीसाधन हराइरहेका छन् । नारायणगढ–मुग्लिङसँगै त्रिशूली नदीको चितवन खण्डमा एक […]
सीटीईभीटी प्रवेश परीक्षामा चर्को शुल्क

११ असार । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग फारमको एक हजार पाँच सय रुपैयाँ उठाइरहेको छ । प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आकर्षित गर्नुपर्नेमा सीटीईभीटीले गत बर्षभन्दा ५ सय रुपैयाँ बढाएर फारम विक्रि गरिरहेको छ । साधारणतर्फको ११ कक्षामा भर्ना एक सय २५ रुपैयाँ लिइरहेको छ भने, […]
पहिरोको डरले हरायो निद्रा : आकाश हेर्दै सुत्नुपर्ने बध्यता

कालीखोला (चितवन) – इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा व्यापार गरी सुदर्शन विष्टले जीवन चलाउँदै आउनुभएको छ । सडकछेवैमा उहाँको सानो घुम्ती छ । जीवन चलाएको त्यही घुम्तीले जीवन नै लैजाला कि भन्ने डर छ उहाँमा । असार ३ को पहिरोले उहाँको घुम्तीलाई क्षति पुर्यायो । पहिरोले ज्यानै लैजान्छ कि भन्ने डरमा बाँचिरहनुभएको छ उहाँ । कालीखोलामा प्रायः […]
मुग्लिन सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अपिल

चितवन, ११ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्ने […]