मध्यविन्दु बहुमुखी क्याम्पसको अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनमा नौ देशका प्रतिनिधि सहभागी हुँदै

कावासोती, ९ मङ्सिर । नवलपुरको मध्यविन्दु बहुमुखी क्याम्पसले पहिलोपटक अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने भएको छ । आगामी मङ्सिर ११ र १२ गते चितवनको सौराहस्थित होटल सेभेनमा हुने सम्मेलनमा नेपालसहित नौ देशका प्राज्ञिक तथा अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् । ‘नवप्रवर्तनमार्फत दिगो र बौद्धिक भविष्यका लागि उच्च शिक्षाको रूपान्तरण’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा शिक्षा, व्यवसाय, […]
त्रिवेणीमा वैदिक विश्वविद्यालय स्थापनाको लक्ष्यसहित एकमहिने महायज्ञ हुँदै

त्रिवेणी, १७ असोज । नवलपुरको त्रिवेणीमा श्री वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित एकमहिने अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना हुने भएको छ । त्रिवेणीमा रहेको श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विस्तार गरी महाविद्यालयका रूपमा विकास गर्ने र त्यसैलाई आधार बनाएर वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना गर्न […]
प्याब्सन नवलपुरद्वारा बाढीपीडितलाई ५० लाखभन्दा बढी सहयोग

कावासोती, ३१ भदौ । भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितका लागि नवलपुरका निजी विद्यालयहरूले ५० लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नवलपुरले जिल्लाका विद्यालयबाट संकलित रकम केन्द्रीय प्याब्सनमार्फत दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले जानकारी दिए । जिल्लामा सञ्चालित […]