‘प्रेमको सुगन्ध’ मा लठ्ठिएको मन

क) विषय प्रवेश: ‘प्रेमको सुगन्ध’ (२०८२) निर्दोष जीवनद्वारा लिखित नवीनतम कृति—मुक्तकसङ्ग्रह हो । यसमा विविध भाव र विषयवस्तुमा सिर्जना गरिएका २०० मुक्तकहरू समावेश छन्। गायक तथा सङ्गीतकारसमेत रहेका जीवनका यसअघि गीति एल्बमहरू, कथा सङ्ग्रह ‘मैयाँ’ र उपन्यास ‘नोस्टाल्जिया’ प्रकाशित भइसकेका छन् र दुवै कृतिहरूको दोस्रो संस्करण बजारमा उपलब्ध छन् । ‘प्रेमको सुगन्ध’ सार्वजनिक भएको दुई […]