‘भेटी’ : समसामयिक नेपाली परिपाटीलाई उजागर गर्न सफल

के हो ‘भेटी’ ? ‘भेट’ शब्दमा ‘ई’ प्रत्यय लागेर बनेको ‘भेटी’ शब्दले देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाइने नगद, सुनचाँदी वा अन्य वस्तुलाई जनाउँछ । यही अर्थ बोकेको ‘भेटी’ विष्णु पन्थी ‘विनु’को पहिलो लघुकथासङ्ग्रह हो । को हुन् विष्णु पन्थी ‘विनु’ ? पिता बुद्धिराम तथा माता धनकला पोख्रेलकी सन्तानका रूपमा अर्घाखाँचीको मालारानी–३, हाँसियाडाँडामा जन्मिएकी विष्णु […]

महोदय, दलित साहित्यका बारेमा विमर्श गर्दैमा को सानो भएको छ हँ ?

आरम्भमा आफ्नै कुरा म जातले नेवार हुँ, यसकारण पनि जात व्यवस्थाका आधारमा म गैर दलित वर्गमा पर्छु । म आजभन्दा साँढे पाँच दशक अगाडि तनहुँ जिल्लाको पुर्कोटमा पर्ने केवल नेवारको बस्ती भएको खरीपानी गाउँमा जन्मेको हुँ । मेरो गाउँमा भएका १०–१२ घर पुरै नेवारका भएको हुँदा मेरो भोगाइ दलितका भोगाइसँग मेल नखानु स्वाभाविक हो । […]

मकवानपुरका अग्रज साहित्यकार आरसी रिजाललाई भैरव पुरस्कार

काठमाडौं, १९ असोज । मकवानपुरका अग्रज साहित्यकार तथा हास्यव्यंग्यकार आरसी रिजाल भैरव पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ । भैरव पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा रिजाललाई एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित सम्मानित गरेको हो । हास्यव्यंग्यकार भैरव अर्यालको ५०औँ स्मृति दिवसका अवसरमा रिजालसँगै अन्य दुई जना स्रष्टालाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको छ […]