चार दिनको बाढी–पहिरोमा २१ जनाको मृत्यु, १४३ घर पूर्ण क्षति

भरतपुर, ११ असोज । पछिल्लो चार दिनमा देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको छ । असोज ८ गतेदेखि आइतबार साँझसम्म भएका ४२६ वटा विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो । पहिरोमा सबैभन्दा बढी मानवीय क्षति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परी पहिरोका […]
पर्वतमा ‘रूपान्तरण र पुस्तान्तरणको यात्रामा युवाको भूमिका’ विचार गोष्ठी हुने

पर्वत, ११ असोज । नेपाली कांग्रेसमा युवाको भूमिका, नेतृत्वमा पुस्तान्तरण, नयाँ सोच तथा संगठनमा युवाको सार्थक सहभागिताबारे संवाद गर्ने उद्देश्यले पर्वतमा ‘रूपान्तरण र पुस्तान्तरणको यात्रामा युवाको भूमिका’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा युवा साथीहरूबीच समसामयिक राजनीतिक विषय, संगठन सुदृढीकरण, युवा नेतृत्व र नीति […]
नारायणीमा अहिलेसम्मकै उच्च बाढी, साँझबाट घट्दो क्रममा

भरतपुर, ११ असोज । लगातारको वर्षापछि नारायणी नदीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ । चितवनको देवघाटस्थित जलमापन केन्द्रमा आइतबार नदीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । यो देवघाटमा जलमापन सुरु भएयताकै उच्च जलसतह हो । देवघाटमा सन् १९६३ देखि जलसतह मापन हुँदै आएको छ । ६३ वर्षको रेकर्ड तोडियो नारायणी बेसिन […]
प्रविधिबाट पर्यटन पुनःपरिकल्पना गर्ने लक्ष्यसहित ‘भरतपुर ह्याकाथन–२०२६’ सुरु

भरतपुर, ११ असोज । विश्व पर्यटन दिवस–२०२६ को अवसर पारेर भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर ह्याकाथन–२०२६’ सुरु भएको छ । सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो । ह्याकाथनमा भरतपुर महानगरपालिका क्षेत्रका सूचना प्रविधिसम्बन्धी १० वटा कलेजका विद्यार्थी तथा प्राविधिक टोली सहभागी भएका छन् […]