पर्वतमा ‘रूपान्तरण र पुस्तान्तरणको यात्रामा युवाको भूमिका’ विचार गोष्ठी हुने

पर्वत, ११ असोज ।

नेपाली कांग्रेसमा युवाको भूमिका, नेतृत्वमा पुस्तान्तरण, नयाँ सोच तथा संगठनमा युवाको सार्थक सहभागिताबारे संवाद गर्ने उद्देश्यले पर्वतमा ‘रूपान्तरण र पुस्तान्तरणको यात्रामा युवाको भूमिका’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा युवा साथीहरूबीच समसामयिक राजनीतिक विषय, संगठन सुदृढीकरण, युवा नेतृत्व र नीति निर्माणमा नयाँ पुस्ताको सहभागितालगायत विषयमा विचार आदानप्रदान गरिने कार्यक्रमका संयोजक इन्जिनियर शेखर नाथ चापागाईंले जानकारी दिएका छन् ।

कार्यक्रम असोज १२ गते सोमबार बिहान ११ बजे, New Friendly Hotel, पर्वतमा आयोजना हुनेछ ।

चापागाईं सिभिल इन्जिनियर तथा Center for Democratic Engineers Nepal (CDEN) का पूर्व केन्द्रीय समिति सदस्य हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट