ललितपुरमा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ सुरु

ललितपुर, ६ भदौ । नेपाल स्क्वास र्याकेट संघको आयोजनामा ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ शनिबारदेखि ललितपुरको सातदोबाटोस्थित नेपाल स्क्वास तथा र्याकेट संघको स्क्वास कोर्टमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सुरु भएको प्रतियोगिता भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । संघका अध्यक्ष ध्रुवबहादुर गुरुङको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन […]
सल्लेरी टोल विकासमा संजयकाे नेतृत्व

भरतपुर, ६ भदौ । सल्लेरी टोल विकास संस्थाको २२औँ साधारणसभा तथा नवौँ अधिवेशनले संजय अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले दुईवर्षे कार्यकालका लागि अध्यक्षसहित अधिकांश पदमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समिति संयोजक विमलकुमार क्षेत्रीका अनुसार सचिवमा प्रदीप सुवेदी, कोषाध्यक्षमा चन्द्रकान्त आचार्य, सहसचिवमा बुद्धिप्रसाद भट्टराई तथा सदस्यमा […]
२६ वर्षपछि हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु

मकवानपुर, ६ भदौ । झन्डै २६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु गरिएको छ । नेपाल सरकारको पहलमा नेपाली सेनाले लामो समयदेखि बिग्रिएर थन्किएका मेसिन मर्मत गरी सञ्चालनमा ल्याएपछि २० वटा लुम (कपडा बुन्ने तान) बाट परीक्षण उत्पादन सुरु गरिएको हो । नेपाली सेनाको प्राविधिक टोलीले उद्योगमा बिग्रिएर थन्किएका मेसिन मर्मत गरेपछि […]