अब टिकौली जंगलमा काटिने छैन फोन : सिडिओ गणेश अर्यालद्वारा टेलिकम टावरको उद्घाटन

रत्ननगर, १९ असार । चितवनको निकै व्यस्त तथा जैविक महत्व बोकेको टिकौली जंगल क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क टावर औपचारिक रूपमा सञ्चालनमा आएको छ । उक्त टावरको उद्घाटन शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका हुन् । प्रमुख जिल्ला अधिकारी अर्यालले टेलिफोन टावर सेवाको स्विच अन गरेर सेवाको विधिवत उद्घाटन गरेका हुन् । यसअघि […]

एआई फर गुड ग्लोबल समिटमा सहभागी नेपाली टोलीले सञ्चारमन्त्रीसँग गर्‍यो भेट

काठमाडौं, १९ असार । संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियु) ले आगामी जुलाई ७ देखि १० सम्म स्वीट्जरल्यान्डमा आयोजना गर्ने ‘एआई फर गुड ग्लोबल समिट २०२६’ अन्तर्गत हुने ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ मा सहभागी हुने नेपाली विद्यार्थी टोलीले शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ । भेटका क्रममा […]

चितवनमा ‘गौथली’ को प्रचार, साउन १ गतेदेखि प्रदर्शनमा आउने

भरतपुर, १९ असार । आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौथली’ को निर्माण टिमले शुक्रबार चितवनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाएको छ । मोफसल प्रचार अभियान अन्तर्गत चितवन पुगेको टोलीले चलचित्रको कथावस्तु, प्राविधिक पक्ष तथा उद्देश्यबारे जानकारी गराएको थियो । कार्यक्रममा निर्देशक डा. कपिल रिजालले ‘गौथली’ केवल […]