महिला उद्यमशीलता प्रवर्द्धनमा जोड : चितवन उवासंघमा साबुन बनाउने तालिम

भरतपुर, १० जेठ । चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीलाई स्वरोजगार तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरेको तीनदिने साबुन बनाउने तालिम सम्पन्न गरेको छ । “सीप नै आत्मनिर्भरताको पहिलो पाइला हो” भन्ने नारासहित सञ्चालन गरिएको तालिममा सहभागीलाई सीपमूलक ज्ञान तथा व्यावहारिक सीप हस्तान्तरण गरिएको थियो । संघको सभाहलमा आयोजित तालिममा स्वागत मन्तव्य व्यक्त […]

`२० हजारको कुकुर किन्छौं, १० हजारको सिसिटिभी राख्दैनौं´ : चितवन प्रहरी प्रमुख पौडेल

भरतपुर, १० जेठ । चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले नागरिकलाई घर तथा व्यवसायिक स्थलको सुरक्षामा थप सचेत हुन आग्रह गरेका छन् । उनले घर र पसलमा सिसिटिभी जडान गर्न आग्रह गर्दै त्यसले अपराध नियन्त्रण र अनुसन्धान दुवैमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उद्योग वाणिज्य संघ चितवनले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक (एसपी) […]

मातृभूमि साहित्य उत्सव–२०८३ मा चार स्रष्टा सम्मानित, साहित्यमा एआईदेखि अध्यात्मसम्म विमर्श

मकवानपुर, १० जेठ । मकवानपुरको साहित्यिक संस्था मातृभूमि साहित्य समाजले विभिन्न विधामा योगदान पुर्‍याएका चार जना स्रष्टालाई सम्मान गरेको छ । समाजले जेठ ९ गते हेटौंडामा आयोजना गरेको ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा गजलकार प्रदीप रोदन (गोरखा) लाई ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’, हास्यव्यङ्ग्यकार राजकुमार लामिछाने (मकवानपुर) लाई ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’, छन्दकवि बासुदेव पाण्डेय ‘प्रभाकर’ (सुर्खेत) […]