गायिका उपाध्यायको ‘म फूलहरूको बीचमा ’ सार्वजनिक

काठमाडौं, २७ फागुन । गायिका दर्पण उपाध्यायको नयाँ गीत “म फूलहरूको बीचमा” सार्वजनिक भएको छ । गीतमा डा. कालिका प्रसाद उपाध्यायको शब्द तथा दीपक पाठकको संगीत रहेको छ । गीतको रेकर्डिङ राजेश थापाले गरेका हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतको म्युजिक भिडियोमा गायिका स्वयंको अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन […]
सिसाबास आधारभूत विद्यालयमा स्वास्थ्य शिविर

चितवन, २७ फागुन । भरतपुर महानगरपालिका – २८ स्थित श्री आधारभूत विद्यालय सिसाबासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । क्लिनिक नेपाल मेघौलीको आयोजनामा सञ्चालन गरिएको शिविरमा ७५ भन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका शिक्षक डोलराज भण्डारीले जानकारी दिए । शिविरका क्रममा विद्यार्थीहरूलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो […]
ब्राजिलियन फुटबलमा अनौठो घटना : एउटै खेलमा २३ रातो कार्ड

ब्राजिलियन क्याम्पेओेनाटो मिनेरो च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा दुई पक्षबिच झडप हुँदा २३ खेलाडीले रातो कार्ड पाएका छन् । ब्राजिलियन क्लब क्रुजेरोका १२ र एट्लेटिको मिनेरोका ११ खेलाडीले रातो कार्ड पाएको एपीले जनाएको छ । ब्राजिलको फुटबल इतिहासमा एकै खेलमा सबैभन्दा धेरै रातो कार्ड दिइएको यो नै पहिलोपटक हो । सन् १९५४ मा ब्राजिलियन क्लब पोर्चुगुएसा र बोटाफोगोबिचको खेलमा […]
दाउन्नेमा पाँचवटा सवारीसाधन ठोक्किए
नवलपरासी, २७ फागुन । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल […]