राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सम्पन्न, निश्चल अधिकारी प्रथम

चितवन, २० माघ । ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यका साथ सरल नेपालको आयोजना र लायन्स क्लब ३२५ आर, क्लस्टर–३ को प्रस्तुतिमा राष्ट्रियस्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता’ सम्पन्न भएको छ । सरल नेपाल संस्थाका केन्द्रीय अध्यक्ष मनिष पौडेलको अध्यक्षता तथा जिल्ला प्रशासन […]
मकवानपुरका ४ हजार किशोरीलाई एचपीभी खोप लगाइने

मकवानपुर, २० माघ । मकवानपुरका ४ हजार ४ सय ३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुरमा २५ माघबाट एचपीभी खोप अभियान सुरु हुने भएको हो । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाइने […]
चितवन–१ मा नेपाली कांग्रेसको घरदैलो अभियान

चितवन, २० माघ । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले घरदैलो अभियान सुरु गरेको छ । अभियानअन्तर्गत सोमबार राप्ती नगरपालिका–८ र ७ का मतदातासँग भेटघाट गर्दै कांग्रेस चितवन–१ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले बद्लिँदो कांग्रेस जेन–जी युवाले उठाएका मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण […]