परमानन्द काव्य सरिताको १७औँ शृङ्खला शनिबार आयोजना हुँदै

देवघाटधाम, २४ पुस । राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजको २९औँ वार्षिक पुण्यतिथिको पूर्वसन्ध्यामा परमानन्द संस्कृत छात्र कल्याण परिषद् देवघाटधामको आयोजनामा परमानन्द काव्य सरिता–२०८२ को १७औँ शृङ्खला आयोजना गरिने भएको छ । आयोजकका अनुसार कार्यक्रम पुस २६ गते शनिबार बेलुकी साढे ६ बजेदेखि सुरु हुनेछ । साहित्य, संगीत र कलाको त्रिवेणीका रूपमा प्रस्तुत हुने कार्यक्रममा […]

२३ औँ शृङ्खलामा मकर काव्य यामिनी

देवघाटधाम, २४ पुस । पवित्र धार्मिकस्थल,आध्यात्मिक क्षेत्र देवघाटधाम तनहुँमा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा पुस ३० गते बुधबार “मकर-काव्य-यामिनी”को २३ औँ शृङ्खला हुने भएको छ । यसपटक प्राडा भागवत शर्माको प्रमुख आतिथ्य तथा सुप्रसिद्ध कवि मनु मञ्जीलको विशेष उपस्थितिमा यो संस्करण सञ्चालन हुनेछ भने चितवन, मकवानपुर, कास्की, नवलपरासी, काठमाडौं तथा देशका विभिन्न स्थानका काव्यसाधकहरूको सहभागिता रहनेछ । […]

माधव वियोगी साहित्य पुरस्कारबाट कवि विनोदी सम्मानित

गैंडाकोट, २४ पुस । माधव वियोगी वाङ्मय प्रतिष्ठानले माधव वियोगी साहित्य पुरस्कार – २०८२ बाट कविवर गोविन्दराज विनोदीलाई सम्मान गरेको छ । बिहीबार गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा छन्दनायक माधव वियोगीले कविवर विनोदीलाई दोसल्ला ओढाइ सम्मानपत्रले सम्मान गर्नुभएको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । पोखरामा कार्यालय रहेकोे प्रतिष्ठानले साहित्य यात्राका सिलसिलामा गैंडाकोट […]