खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

चितवन, १९ कात्तिक । भरतपुर महानगरपालिका – १ नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवको मुख्य प्रवेशद्धारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिने गरी प्रवेशद्धार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसर भित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण […]
पुस्तक व्यवसायी अग्रवालद्वारा प्रेमवस्ती क्याम्पसलाई सहयोग

चितवन, १९ कात्तिक । नारायणगढका प्रतिष्ठित पुस्तक व्यवसायी पंकज अग्रवालले प्रेमबस्ती बहुमुखी क्याम्पस, भरतपुर–७ लाई करिब ६० हजार रुपैयाँ बराबरका पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । क्याम्पस परिसरमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष मुक्तिनाथ अधिकारी, क्याम्पस प्रमुख बुद्धिसागर कँडेल, सदस्यहरू रामेश्वर न्यौपाने, अमृता गौतम र लक्ष्मी पोखरेल उपस्थित थिए । कार्यक्रममा पुस्तक व्यवसायी […]
ढुङ्गाको मौनता र मनको मन्दिर (कविता)

ढुङ्गा ! न बोलेको, न हिँडेको, तर श्रद्धाको स्पर्शले ऊ पनि थरथरायो भित्तामा चित्रित आकारभित्र एक अद्भुत न्यानोपनसँगै मानौँ ईश्वरले ढुङ्गाको छालमै प्राण फुकिदिएको हो । तर मान्छेहरू… वर्षौंसम्म मन्दिर धाउँछन्, फूल, धूप र मनका माग बोकेर घण्टी बजाउँछन्, मस्तक निहुराउँछन्, तर फर्किंदा पनि मन उस्तै खाली रहन्छ । देवता त स्थिर छन्, भित्तामा, दीपको […]
हेटौंडा अब महिलामैत्री शहर

मकवानपुर, १९ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका महिलामैत्री शहर हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय युएनओपिएसबिच परियोजना सहयोग सम्झौतामा मंगलबार हस्ताक्षर भएसँगै हेटौंडा महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास हुने भएको हो । सम्झौता अनुसार युएनओपिएसको ‘सिटीज फर वुमनः नेपालमा समावेशी र जलवायु प्रतिरोधी शहरीकरण’ परियोजनाले उपमहानगरपालिकालाई १ […]