पुस्तक व्यवसायी अग्रवालद्वारा प्रेमवस्ती क्याम्पसलाई सहयोग

चितवन, १९ कात्तिक ।
नारायणगढका प्रतिष्ठित पुस्तक व्यवसायी पंकज अग्रवालले प्रेमबस्ती बहुमुखी क्याम्पस, भरतपुर–७ लाई करिब ६० हजार रुपैयाँ बराबरका पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । क्याम्पस परिसरमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष मुक्तिनाथ अधिकारी, क्याम्पस प्रमुख बुद्धिसागर कँडेल, सदस्यहरू रामेश्वर न्यौपाने, अमृता गौतम र लक्ष्मी पोखरेल उपस्थित थिए ।

कार्यक्रममा पुस्तक व्यवसायी सङ्घ चितवनका अध्यक्ष परमेश आचार्य र प्रथम उपाध्यक्ष वीरबहादुर न्यौपानेसमेत सहभागी रहेका थिए । उक्त कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको क्याम्पसले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट