पठन संस्कृति अभियानमा कविवर विनोदीको `यात्राको सुवास´ विमोचन

गैंडाकोट, १ भदौ । विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार काव्य साँझ सम्पन्न भएको छ । पठन संस्कृति अभियानअन्तर्गत १६औँ श्रृङ्खलामा आयोजित कार्यक्रममा पठन संस्कृतिका विविध प्रस्तुति पनि भए । कार्यक्रमका गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीद्वारा लिखित ‘यात्राको सुवास’ भ्रमणकाव्य विमोचन गरिएको थियो । प्रकाशक विजय विकास स्रोत केन्द्रका […]

`म पनि पढ्छु´ कार्यक्रम सिकाइको महत्त्वपूर्ण अभ्यास हो : पराजुली

भरतपुर, १ भदौ । पठन संस्कृति अभियान अन्तर्गत `म पनि पढ्छु´ कार्यक्रमको दशौँ शृङ्खला भृकुटी बोर्डिङ स्कुल नारायणगढमा गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा आइतबार गरिएको कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीले विभिन्न किताबहरु पढेर समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा वेदराज श्रेष्ठ पुस्तकको समीक्षा गर्न आइपुगे । उनले गिजुभाइको `आमाबाबुको […]

गैंडाकोटका विद्यार्थी माझमा कवि नवराज लम्साल

गैंडाकोट, १ भदौ । `अग्नि´ महाकाव्यका लागि मदन पुरस्कार विजेता, महाकाव्यकार नवराज लम्साल आइतबार गैंडाकोट इङ्ग्लिस स्कुलका विद्यार्थीका माझमा प्रस्तुत हुनुभएको छ । कवि लम्साललाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले राष्ट्रिय व्यक्तित्व लम्साललाई आफ्नो विद्यालयमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनु भयो । विद्यार्थीलाई फरक ढंगको सिकाइ आवश्यक भएको बताउँदै प्रधानाध्यापक अर्यालले भन्नुभयो – […]

तीजगीत प्रतियोगितामा राप्ती महिला समूह प्रथम

चितवन, १ भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग चितवनद्वारा जिल्ला समन्वय समितिको हलमा सम्पन्न जिल्लास्तरीय तीजगीत प्रतियोगितामा NNTA राप्तीले प्रथम स्थान हासिल गरेको छ । चितवन जिल्लाका सातै पालिकाहरूको प्रतिनिधित्व रहेको उक्त तीजगीत प्रतियोगितामा रत्ननगर महिला समूह द्वितीय र इच्छाकामना महिला समूहले तृतीय स्थान र माडी महिला समूहले सान्त्वना स्थान हासिल गरेका छन् […]