पटिहानीमा रैथाने बजार शुरु

चितवन, १ वैशाख । भरतपुर महानगरपालिका वडा नम्बर – २२ कार्यालय पटिहानीमा सोमबारबाट रैथाने बजारको शुभारम्भ भएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरका प्रमुख रेनु दाहालले हरेक शुक्रबार सञ्चालनमा आउनेगरी सुरु भएको रैथाने बजारको उद्घाटन गर्नुभएको छ । “स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ, आर्थिक समृद्धिको दिशामा अघि बढौँ” भन्ने नारासहित वडा नम्बर २२ परिसर, धनौजीमा […]
नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

स्पेन, १ वैशाख । नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यम बरालले स्पेनको बेनिड्रोम गुञ्जाएका छन् । नेपाल समाज एशोसियसन र एनआरएनए कोष्टाव्लाङ्काले आयोजना गरेको ´नेपाली नयाँ वर्ष २०८२ सांस्कृतिक कार्यक्रम` मा उनले विगतका चोटहरु भुल्न समेत सुझाए । स्टेज उक्लिँदा ताली पाएका उनले `निष्ठुरीले छाडेर गइहाली´ गीत गाउँदा सबैमा सन्नाटा छायो । […]
वर्षलाई नयाँ बनाउनका लागि शुभकामना ! (कविता)

नयाँ वर्षलाई शुभकामना त सिंहदरवार वरिपरिबाट सर्वाधिक भ्रष्टहरूले उखुबारी र एकलास ठाउँबाट बलत्कारीहरूले प्रतिष्ठानहरूबाट ठगहरूले लाटोकोसेरोको दुनियाँ रूचाउने चोरहरूले काम शब्द सुन्दै नाक खुम्च्याउने सुविधाको वासनामा र्याल काड्ने अल्छीहरूले थिलो थिलो हुनेगरी कसैले रेडियोबाट फाल्दिए कसैले टिभीबाट खसाल्दिए कसैले पत्रिकाभरी बिस्कुन सरह सुकाइदिए कतै पहुँच नभएको ठूलो जनसङ्ख्याले नयाँ वर्षलाई फेसबुकमा झुण्ड्याइदिए ! आज बिहानै […]
नारायणगढमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’

चितवन, १ वैशाख । नेपालको अग्रणी हस्पिटालिटी चेन ब्राण्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए । नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ […]
नयाँवर्षको पहिलो दिन : केबलकार र मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

नवलपरासी, १ वैशाख । नयाँ वर्ष २०८२ को अवसरमा नवलपरासीस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा दर्शन गर्न आएका भक्तजनको घुइँचो लागेको छ । बिहानैदेखि दर्शनका लागि आएका हजारौँ श्रद्धालुहरूको भीड मन्दिर परिसरमा देखिएको छ । दुई वर्षदेखि सञ्चालनमा आएको केबलकार सेवा भक्तजनका लागि विशेष आकर्षण बनेको छ । मन्दिरसम्मको कठिन उकालो यात्रा अब केबलकारमार्फत सजिलो र रोमाञ्चक […]
आजदेखि नयाँ वर्ष २०८२

भरतपुर, १ वैशाख । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम […]