वर्षलाई नयाँ बनाउनका लागि शुभकामना ! (कविता)

नयाँ वर्षलाई शुभकामना त
सिंहदरवार वरिपरिबाट
सर्वाधिक भ्रष्टहरूले
उखुबारी र एकलास ठाउँबाट
बलत्कारीहरूले
प्रतिष्ठानहरूबाट
ठगहरूले
लाटोकोसेरोको दुनियाँ रूचाउने
चोरहरूले
काम शब्द सुन्दै नाक खुम्च्याउने
सुविधाको वासनामा र्‍याल काड्ने
अल्छीहरूले
थिलो थिलो हुनेगरी
कसैले रेडियोबाट फाल्दिए
कसैले टिभीबाट खसाल्दिए
कसैले पत्रिकाभरी बिस्कुन सरह सुकाइदिए
कतै पहुँच नभएको ठूलो जनसङ्ख्याले नयाँ वर्षलाई
फेसबुकमा झुण्ड्याइदिए !

आज बिहानै सोचेँ
थिलो थिलो भएको नयाँ वर्ष कसरी उठ्ला त ठिङ्ग फेरि ?
आऊ साथी
सत्कर्ममा लगाउने समयको लम्बाइ बढाउने प्रतिज्ञा गरौँ
इमानलाई उचो पार्ने योग गरौँ
बेथिति दहन महायज्ञका लागि समिधा बन्ने आँट गरौँ
तब जुरुक्क उठ्ने मात्र होइन
मुस्कुराउँछ नयाँ वर्ष ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट