नयाँवर्षको पहिलो दिन : केबलकार र मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

नवलपरासी, १ वैशाख ।
नयाँ वर्ष २०८२ को अवसरमा नवलपरासीस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा दर्शन गर्न आएका भक्तजनको घुइँचो लागेको छ । बिहानैदेखि दर्शनका लागि आएका हजारौँ श्रद्धालुहरूको भीड मन्दिर परिसरमा देखिएको छ ।

दुई वर्षदेखि सञ्चालनमा आएको केबलकार सेवा भक्तजनका लागि विशेष आकर्षण बनेको छ । मन्दिरसम्मको कठिन उकालो यात्रा अब केबलकारमार्फत सजिलो र रोमाञ्चक बनेपछि केबलकार चढ्नेहरूको लहर देखिएको छ । परम्परागत आस्थाको संगमले मौलाकालिका क्षेत्र झनै आकर्षक बनेको छ ।

भीड व्यवस्थापनका लागि सुरक्षा निकाय र स्थानीय स्वयंसेवकहरू सक्रिय रुपमा खटिएका छन् । भक्तजनलाई सहज रूपमा दर्शन गर्न दिइने व्यवस्था गरिएको छ भने लामो लाइन व्यवस्थापन गर्न विशेष ध्यान दिइएको छ ।

नयाँ वर्षको पहिलो दिन देवीको दर्शन गरी वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्ने नेपाली परम्पराअनुसार देशका विभिन्न ठाउँबाट भक्तजनहरू मौलाकालिकाको दर्शन गर्न आएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट