नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

स्पेन, १ वैशाख ।
नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यम बरालले स्पेनको बेनिड्रोम गुञ्जाएका छन् । नेपाल समाज एशोसियसन र एनआरएनए कोष्टाव्लाङ्काले आयोजना गरेको ´नेपाली नयाँ वर्ष २०८२ सांस्कृतिक कार्यक्रम` मा उनले विगतका चोटहरु भुल्न समेत सुझाए ।

स्टेज उक्लिँदा ताली पाएका उनले `निष्ठुरीले छाडेर गइहाली´ गीत गाउँदा सबैमा सन्नाटा छायो । वियोगान्त गीतले दर्शक धेरै शान्त बने । गायक यम बरालले यो गीतलाई स्टेजमा कहिल्यै छुटाउँदैनन् । नयाँ वर्षको शुभकामना दिँदै उनले भने, ´हरेक वर्षमा रसिलो, फुर्तिलो बन्नुस् ।`

उनले पुराना गीतहरु सम्झिन थाले । `अब चोटहरुले पिरोल्दैन मलाई´ फिल्मी गीत गाए । नायक राजेश हमाल अभिनित पुरानो फिल्म `अल्लारे´मा समावेश यो गीतले धेरैलाई रुवाउँछ । यो गीतको सुटिङमा राजेश हमाल धरधरी रोएका थिए । बिना ग्ल्सिरिन रोएर अभिनय गरेका थिए । राजेश हमालले भनेको कुरा यमले सुनाए, ´यो गीतले मन नै छोइदियो ।`

त्यसपछि बिस्तारै माहोल मोडिन थाल्यो । होष्ट सन्तोष अर्यालले ताली खोजे । यमले आफूलाई जन्माउने-चिनाउने इलामबारे गीत गाए । `बादलुको घुम्टोले इलाम बजार छोपिँदा´ गीत सुरु हुँदा ताली बज्न थाल्यो । हुटिङ चल्यो ।  ´हेर हेर पूर्वबाट झुल्किएछ घाम` मुस्कान फिल्मको गीतमा दर्शक नाच्न थाले ।

त्यसपछि उनले डान्सिङ गीतहरु गाए । `माया बस्यो मुटुमा´, `सनम माया लाको´ जस्ता गीतहरुले माहोल तताए । गायक यमले भने, ´अब नयाँ वर्ष भरि हाँस्नुपर्छ, पीर-चिन्ता लिनुहुन्न ।`

सांस्कृतिक कार्यक्रममा अर्पना तामाङ, ममता जोल्मी, प्रनिषा पौडेल, सम्राट धिताल, मार्वी भट्टराई, रोहित ढुंगाना, निर्विक रोका, पारस पौडेल, सुप्रिया थापा, सुप्रिया पाण्डे, सुहानी रोका, ईशा पुन मागर, ब्रिती पण्डित पाठक, सोहिता धिताल, वजस्वी पण्डित पाठक, सायरा गुरुङलगायतले नृत्य प्रस्तुत गरे ।

एनआरएनए कोष्टाब्लाङ्का अध्यक्ष सुरेस बज्राचार्यले नयाँ वर्षलाई नाच्दै रमाउँदै स्वागत गरिएको बताए । नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्का अध्यक्ष केसरबहादुर थापाले नेपालीहरुबीच सद्भाव, मित्रता बढाउन कार्यक्रम गरिएको बताए । समाजका सचिव असिम लोप्चनले गायक यम बरालले पुराना दिनहरु सम्झाउँदा नयाँ वर्षको उर्जा थपेको बताए । सांस्कृतिक कार्यक्रममा अर्पना तामाङ, ममता जोल्मीलगायतले नृत्य प्रस्तुत गरे । समाजका उपाध्यक्ष डा. सविता पाठकले नयाँ वर्ष सबैका लागि उमंग र सफलताको वर्ष बन्ने अपेक्षा गरिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library