चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन

चितवन साहित्यिक स्रष्टाहरुको उर्वरभूमि हो । एकताका थियो, चितवनको तोरी निकै प्रसिद्ध थियो । चितवनको तोरीको तेलको शुद्धताले बजारमा चितवनको तेलको ब्राण्ड र लोकप्रियता बढाएको थियो । टाढा टाढाबाट पनि चितवनको तोरीको माग हुन्थ्यो । विशेषगरी पहाडमा चितवनको तोरीको तेलको क्रेज निकै थियो । तोरीको तेलका टिनहरु समेत निकै बलिया हुन्थे र घरका अनेक प्रयोजनहरुमा […]

शिक्षा : राज्यको जिम्मेवारी

शिक्षा नागरिकको अनिवार्य आवश्यकता हो । सरकारको पहिलो प्राथमिकता हो । देश विकासको मुख्य आधार हो । जनता शिक्षित नभएसम्म राज्यका कुनै पनि प्रयासहरु सफल हुँदैनन् । हामी शिक्षाको कुरा गर्छौं । देश बनाउन कस्तो शिक्षा चाहिन्छ ? त्यो कुरा कहिल्यै गर्दैनौं । यो शिक्षाले देश बन्छ कि बन्दैन भनेर सोच्दैनौं । भोलिको नेपाल कस्तो […]

प्रभावकारी बन्दै भरतपुरको बजार अनुगमन

भरतपुर, २२ साउन भरतपुर महानगरपालिकाको दैनिक नियमित बजार अनुगमन प्रभावकारी बन्दै गएको छ । महानगरपालिकाले बजारमा स्वच्छता कायम गर्ने र उपभोक्ताहरु नठगिऊन् भन्ने उद्देश्यले बजार अनुगमन कार्यलाई निरन्तरता दिइरहेको छ । बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्यमै पर्दछ । गत आर्थिक वर्षदेखि महानगरले […]

भरतपुरमा सुजुकी जिम्नी र फ्रोङ्स बिक्री सुरु

भरतपुर, २२ साउन । चितवनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुजुकी एस यूभीहरु सुजुकी जिम्नी र फ्रोङ्स सोमबार भरतपुरमा बिक्री सुरु गरिएको छ । उक्त दुई एस यूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेशनल प्रालिले जनाएको छ । नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी […]

जन्मदिनमा पौडेलले दिए बालबालिकालाई मुना

गैंडाकोट, २२ साउन । सञ्चारकर्मी राजेन्द्र पौडेलले विद्यार्थीहरूसँग जन्मदिन मनाएका छन् । विजय एफएम गैंडाकोटमा कार्यरत पौडेलले सोमबार परेको जन्मदिनका अवसरमा गैंडाकोट नगरपालिका-७ स्थित श्री नारायणी माविका विद्यार्थीसँग भेटघाट गरेर जन्मदिन मनाएका हुन् । भेटघाटका क्रममा पौडेलले विद्यार्थीहरूलाई पढाइको महत्त्व बताउँदै अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गर्नसके विद्यार्थीमा आत्मविश्वास बढ्ने बताए । पौडेलले विद्यालयमा कक्षा […]

‘बगान’को सफलताबाट के सिक्‍ने ?

काठमाडौँ, २२ साउन । सरोज खनालको डेब्यू निर्देशन रहेको ‘बगान’ अहिले चौथो हप्तामा चलिरहेको छ । ‘जारी’पछि कुनै पनि फिल्म हलमा दुई दिन पनि टिक्न मुस्किल भइरहेको समयमा ‘बगान’ चार हप्ता टिक्नु, सफलताको संकेत हो । योसँगै फिल्मले गरेको व्यापारको आँकडाले जलप लगाएको छ । चौथो हप्तामा आइपुग्दा फिल्म एक करोड ५० लाख बराबरको व्यापार […]

दम्पतीबीच विवाद हुँदा दुई महिने बालककाे मृत्यु

गलकोट, २२ साउन । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई […]