पितौजी कोटिहोममा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुँदै

गैँडाकोट, ८ माघ श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमले कोटिहोमस्थल गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्दैछ । आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेशी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटिहोम आश्रमको प्रागणमा वाचन प्रवीण पण्डित दीनबन्धु […]

राष्ट्रको गौरव डा. रुइत

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा. सन्दुक रुइत । मोतियाबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइएका उनले विश्वका अन्य मुलुकहरूमा पनि गएर सेवा गरेका छन् । विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्‍याउनु भएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ । मोतियाबिन्दु उपचार गर्ने सरल विधि […]

सोमबारदेखि बिहीबारसम्म देशभर पानी पर्ने

काठमाडौँ, ८ माघ । मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँलगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मंगलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्यांकअनुसार […]

ऋण तिर्न नसक्दा अघि बढ्न सकेन काम

भरतपुर, ८ माघ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका […]

`आमाको पुकार´ र `सुधाङ्कुर´ विमोचन

भरतपुर, ८ माघ । चितवनका स्रस्टा सूर्यमणि रेग्मीको ‘आमाको पुकार’ र भरतबाबु ढकालको ‘सुधाङ्कुर’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । जनसांस्कृतिक महासंघ चितवनको आयोजना एवं साहित्यकार सूर्यमणि रेग्मीको सहआयोजनामा गरिएको शारदा घरदैलो प्रतिभा प्रवाह १६० औँ शृङ्खलामा यी दुई कृतिको विमोचन गरिएको हो । शनिबार भरतपुर–१३, चम्पानगरस्थित सूर्यमणि रेग्मीको निवासमा कार्यक्रम गरिएको हो । भरतपुर […]

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन माग

गैंडाकोट, ८ माघ । नवलपुरका नेपाल स्वास्थ्य बीमा बोर्डका वडा संयोजक र नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका जिल्ला अधिकृतबीच आइतबार गैंडाकोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नवलपुर स्वास्थ्य बीमा बोर्डका अधिकृत एवं कार्यक्रमका प्रमुख अतिथि दीपक चापागाईंले स्वास्थ्य बीमा कार्यक्रमको दिगो विकासका लागि चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य र स्वास्थ्य बिमा ऐन […]

तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

काठमाडौं, ८ माघ । तामाङ समुदायले आइतबार सोनाम ल्होछार मनाउँदै छन् । सोनाम ल्होछारका अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा महोत्सवको आयोजना गरिएको छ । दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल तामाङ घेदुङले जनाएको छ । सो अवसरमा तामाङ समुदायको संस्कृति झल्कने खानाका परिकार, भेषभूषा, हस्तकलासहित नृत्य प्रस्तुत गरिने घेदुङका कार्यवाहक […]

Sampurna Kitab Library