इजरायलमा संसद् भंगको घोषणा

एजेन्सी । इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भंगको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौँ हुनेछ । प्रधानमन्त्री नफ्ताली बेनेटले सोमबार पदभार ग्रहण गरेको एक वर्षपछि […]

विचारविहीन दलको भविष्य (सम्पादकीय)

पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार काठमाडौँस्थित राष्ट्रिय सभागृहबाट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । आउँदो आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने आँकलन गरिएका लामिछानेले अन्ततः दल नै घोषणा गरे । तर उनको दल विचारविहीनहरुको झुण्डबाहेक केही नहुने पक्कापक्की छ । देशको व्यवस्था बदल्न नभई अवस्था बदल्न नयाँ पार्टी घोषणा गरिएको […]

देवचुलीमा ट्याक्टर जोताईको मूल्य निर्धारण

देवचुली, ७ असार । देवचुली नगरपालिकामा ट्याक्टरको जोताई प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ कायम गर्ने सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाको सभाहलमा ट्याक्टर व्यवसायी संघका पदाधिकारी, किसान र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट मूल्य निर्धारण गरिएको हो । हाल डिजेलको मूल्य १९२ रुपैयाँ रहेको र मूल्य प्रतिलिटर २० रुपैयाँ बढ्दा वा घट्दासम्म ट्याक्टरको कल्टी र […]

रवि लामिछानेले चाहेको चुनाव चिह्न ‘घण्टी’ अर्कै दलले पाएको खुलासा

काठमाडौँ, ७ असार । रवि लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ राष्ट्रवादी दलले लिइसकेको भेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रममा लामिछानेले पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका थिए । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरूको मनमा घण्टी बजाउने बताएका थिए । रवि लामिछानेले चाहेको ‘घण्टी’ अर्कै […]

भरतपुरलाई सुन्दर र लगानीमैत्री सहर बनाउछौ: मेयर दाहाल

भरतपुर, ७ असार । भरतपुर महानगरपालिकालाई हरियाली, सुन्दर र लगानीमैत्री सहरको रुपमा विकास गरिने भएको छ । पहिलो कार्यकालमा भौतिक पूर्वाधारमा बढी जोड दिएकी प्रमुख रेनु दाहालले दोस्रो पटक पनि निर्वाचित भएसँगै भौतिक सुधारसँगै सुन्दर सहर बनाउने योजना अघि सारेकी हुन् । महानगरका सहरी क्षेत्रमा भौतिक निर्माणका काम भइरहेका छन् । ती कामसँगै हरियाली र […]

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

भक्तपुर, ७ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए […]

एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसद्मा स्वागत

काठमाडौँ, ७ असार । प्रतिनिधिसभाका सांसदले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेकामा धन्यवाद दिँदै प्रधानमन्त्रीले सदनमा यसबारेमा थप स्पष्ट पार्नुपर्ने आग्रह गरे । बैठकमा सांसद सञ्जयकुमार गौतमले केही नेताहरुले […]

भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

भरतपुर, ७ असार। भरतपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय बिनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ४ अनुपमचोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना १ क ३५९६ नम्बरको […]

गोकर्ण मल्लको `शुभारम्भका पाइलाहरू´ सार्वजनिक

रत्ननगर, ७ असार । आख्यानकार गोकर्ण मल्लको उपन्यास `शुभारम्भका पाइलाहरू´को सार्वजनिक भएको छ । वाल्मीकि साहित्य सदन रत्ननगरको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । पुस्तकलाई प्रमुख अतिथि कपिल अज्ञात, विशिष्ट अतिथि गिरिधारी विशिष्ट, पूर्णप्रसाद अधिकारी, केशवराज आमोदी, रामबाबु घिमिरे, गणेश शर्मा पौडेललगायतले पुस्तक विमोचन गरेका हुन् । विमोचन लगत्तै पुस्तकमाथि बोल्दै समालोचक […]

रवि लामिछानेले गरे पार्टीको नाम घोषणा

भरतपुर,७ असार । पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । उनले एक कार्यक्रममार्फत पार्टीको नाम घोषणा गरेका छन् ।

भरतपुरबासीलाई खुसी र सुखी बनाउछौ: मेयर दाहाल

चितवन, ७ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छिन् । ८ अ‍ौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान […]

योग अभ्यास : स्वास्थ्य र समृद्धिको आधार

  कुनै पनि राष्ट्रले समृद्धि हासिल गर्नको लागि आफ्नो संस्कृति , दर्शन , मौलिकता र आफुसंग उपलब्ध साधन स्रोतको संरक्षण संवर्द्वन तथा सदुपयोगलाई अग्रपंक्तिमा राख्नुपर्छ । नेपाल संस्कृति , प्रकृति र ज्ञानको हिसाबले धनी देश हो । आफ्नो दर्शनको प्रवर्द्धन, प्रचार तथा विश्व बजारमा निर्यात नगरी अरुको दर्शनको प्रचार तथा आयात मात्र गरिराख्नु भनेको राष्ट्रलाई […]

जग्गा धितो राखेर ऋण लिन नपाउने निर्णय कार्यान्वयनमा सर्वोच्चद्वारा रोक

काठमाडौं, ७ असार । सर्वोच्च अदालतले जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा धितो बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयनमा रोक लगाएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आइतबार अहिलेसम्म पनि जग्गाको वर्गीकरण भई नसकेको भन्दै भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते जारी गरेको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । बैंक, वित्तीय संस्था […]